Kathmandu Press

विकास निर्माणमा कांग्रेसले कुनै सम्झौता गर्दैन : डा. महत

पूर्वअर्थमन्त्री डा. महतले सडक पूर्वाधार कार्यालयका प्रमुख कार्यक्रममा उपस्थित नभएकोप्रति असन्तुष्टि जनाउँदै काम गरिसकेपछि कामको भुक्तानी समयमा दिन र अन्ट टन्ट नगर्न पनि आग्रह गरे।
विकास निर्माणमा कांग्रेसले कुनै सम्झौता गर्दैन : डा. महत

नुवाकोट, कात्तिक ७ : नेपाली कांग्रेसका प्रवक्ता एवम् पूर्व अर्थमन्त्री डा. प्रकाशशरण महतले विकास निर्माणमा कुनै सम्झौता नहुने बताएका छन्। 

नुवाकोट जिल्लाको शिवपुरी गाउँपालिकास्थित सिक्रे मैदान तलाखु छाप सडक स्तरोन्ती कार्यक्रमको शुभारम्भ गर्दै विकास निर्माणका लागि कुनै सम्झौता नहुने बताएका हुन्।

उक्त सडक निर्माणको ठेकेदार कम्पनीलाई सुझाव दिँदै उनले तोकिएको मितिमा काम सम्पन्न गर्न र गुणस्तरीय काम गर्न आग्रह गरेका छन्। 

पूर्वअर्थमन्त्री डा. महतले सडक पूर्वाधार कार्यालयका प्रमुख कार्यक्रममा उपस्थित नभएकोप्रति असन्तुष्टि जनाउँदै काम गरिसकेपछि कामको भुक्तानी समयमा दिन र अन्ट टन्ट नगर्न पनि आग्रह गरे।

डा. महतले माओवादी नेताहरुले उक्त सडक निर्माण गर्ने भन्दै धेरै पटक शिलान्यास गरेको तर बजेट हाल्न नसकेकोप्रति इंगित गर्दै भने, ‘वर्षामान पुन जी अर्थमन्त्री र हितबहादुर जी पर्यटन मन्त्री बन्नुभयो, तर उहाँहरुले नुवाकोटका लागि कहाँ बजेट राख्नुभयो त जानकारी पाउन पाए हुन्थ्यो?’

नेता महतले काम गर्न नसक्ने र नगर्ने तर आफूले गरेको भनेर धाक लगाउने गरेको भन्दै जनतालाई भुक्याएर राजनीति नगर्न पनि चेतावनी दिए।

आफ्ना नेता कार्यकर्तालाई कांग्रेसले गरेको कामलाई सकारात्मक रुपमा प्रचार गर्न पनि उनले निर्देशन दिए। उनले राजनीतिक दल जनताको सेवा गर्ने साधक मात्र भएको भन्दै पार्टी लाई नै सेवा गर्नुपर्ने भयो भने त्यो पार्टी हुन नसक्नेपनि उल्लेख गरे।

कार्यक्रममा नेपाली कांग्रेस नुवाकोटका सभापति तथा प्रदेशसभा सदस्य रमेश महत, शिवपुरी गाउँपालिका अध्यक्ष गोविन्द थपलिया, पूर्व अध्यक्ष रामकृष्ण थापा, कांग्रेस नेतृ अप्सरा थापा लगायतले आ(आफ्नो मन्तव्य राखेका थिए।

प्रकाशित मिति: १२:१७ बजे, बुधबार, कात्तिक ७, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्