Kathmandu Press

भिनिसियसको ह्याट्रिकमा रियलको पुनरागमन जित, रोकियो पिएसजी

मंगलबार राति घरेलु मैदान सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले २ गोलले पछि परेको अवस्था उल्टाउँदै बोरुसिया डर्टमन्डमाथि ५–२को सानदार जित निकाल्यो।
भिनिसियसको ह्याट्रिकमा रियलको पुनरागमन जित, रोकियो पिएसजी

काठमाडाैं, कात्तिक ७ : ब्राजिलियन स्टार स्ट्राइकर भिनिसियस जुयिनरले ह्याट्रिक गरेपछि च्याम्पियन्स लिगमा रियल मड्रिडले उत्कृष्ट पुनरागमन जित निकालेको छ। मंगलबार राति घरेलु मैदान सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले २ गोलले पछि परेको अवस्था उल्टाउँदै बोरुसिया डर्टमन्डमाथि ५–२को सानदार जित निकाल्यो।

रियललाई जित दिलाउन भिनिसियसको ह्याट्रिक अलावा लुकास भास्क्वेस र एन्टोनियो रुडिगरले गोल गरे। डर्टमन्डका डोन्यल मलान र जेमी बिनोइ गिटेन्सले गोल गरेका थिए।

खेलमा ३०औं मिनेटमा मलानको गोलमा डर्टमन्डले सुरुआती अग्रता लियो। ३४औं मिनेटमा गिटेन्सले गोल गर्दै डर्टमन्डको अग्रता दोब्बर बनाए। पहिलो हाफमा रियलले गोल फर्काउने प्रयास गरे पनि सकेन।

दोस्रो हाफमा भने रियल हावी भयो। ६०औं मिनेटमा रुडिगरले हेडिङमा गोल गर्दै रियललाई खेलमा फर्काए। लगत्तै ६२औं मिनेटमा भिनिसियसले गोल गरेपछि रियलले खेललाई २–२को अवस्थामा ल्यायो। त्यसपछि ८३औं मिनेटमा भास्क्वेसले गोल गर्दै रियललाई खेलमा अग्रता दिलाए।

त्यसपछि एकल प्रयासमा भिनिसियसले ८६औं र इन्जुरी समयको तेस्रो मिनेटमा गोल गर्दै आफ्नो ह्याट्रिक पुरा गरे भने टिमलाई ५–२को सानदार पुनरागमन जित दिलाए। 

यस्तै, अर्को खेलमा फ्रेन्च क्लब पिएसजी बराबरीमा रोकिएको छ। पिएसजीलाई घरेलु मैदानमै पिएसभीले १–१ गोलको बराबरीमा रोकेको हो। 

खेलमा ३४औं मिनेटमा नोआ लाङको गोलमा पिएसभीले अग्रता लिएको थियो। तर, ५५औं मिनेटमा अचर्फ हाकिमीले गोल गर्दै खेललाई १–१को बराबरीमा ल्याए।

अर्को खेलमा इंग्लिस क्लब आर्सनल विजयी भयो। उसले घरेलु मैदानमा सख्तर डोनेस्कमाथि १–०को जित निकाल्यो। २९औं मिनेटमा डिमेट्रो रिन्जियाकको आत्मघाति गोलमा आर्सनल विजयी भयो।

यता, १० खेलाडीमा समेटिएको इटालिनय क्लब युभेन्टस पराजित भयो। ऊ जर्ममन क्लब स्टुटगार्डसँग १–०ले पराजित भयो। स्टुटगार्डका इल बिलाल टोउरेले दोस्रो हाफको इन्जुरी समयको दोस्रो मिनेटमा गोल गरेका थिए। 

यस्तै, अर्को इटालियन क्लब एसी मिलानले १० खेलाडीमा समेटिएको क्लब ब्रुगमाथि ३–१को जित निकाल्यो। मिलानका टिजानी रेजेन्डर्सले २ तगा क्रिस्टियन पुलुसिच १ गोल गरेका थिए। ब्रुगका किरिआनी सबेले गोल गरेका थिए।

प्रकाशित मिति: ११:२१ बजे, बुधबार, कात्तिक ७, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्