Kathmandu Press

रवि र छविलाई बयानका लागि पाँच जिल्ला लैजाने तयारी

छविलाई रूपन्देही लगियो, रविलाई पनि लैजाने तयारी
रवि र छविलाई बयानका लागि पाँच जिल्ला लैजाने तयारी

काठमाडौं, कात्तिक ६। पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री रवि लामिछाने र पूर्वडीआईजी छविलाल जोशीलाई बयानका लागि पाँच जिल्लामा लैजाने तयारी भएको छ ।

जोशीलाई सोमबार रुपन्देही लगिएको छ भने लामिछानेलाई पनि पोखराबाट लैजाने तयारी छ ।

Hardik ivf

बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा लामिछाने र जोशीको बयान लिइने छ। जोशी असोज ६ गते पक्राउ परेका थिए भने लामिछाने कात्तिक २ गते पक्राउ परेका थिए। लामिछानेलाई समेत सूर्यदर्शन सहकारी ठगीबारे बयान सकिएपछि रुपेन्देही लगिने छ।

प्रहरी अनुसन्धानबाट बुटवलको सूर्यदर्शनसहित विभिन्न पाँचवटा सहकारीमार्फत ग्यालेक्सी टेलिभिजनमा रकम भित्रिएको भेटिएपछि सम्बद्ध जिल्लाहरुमा बयानका लागि लगिने भएको हो।

जोशी ग्यालेक्सी टेलिभिजनका पूर्वसञ्चालक र रवि प्रबन्ध निर्देशक थिए।

लामिछाने र जोशीलाई बुटबलसँगै पर्सा वीरगञ्ज, चितवनपछि काठमाडौं ल्याउने तयारी भएको जनाइएको छ।

वीरगन्जको सानोपाइला सहकारी, चितवनको साहारा र काठमाडौंको स्वर्णलक्ष्मी सहकारीमार्फत अवैध तरिकाले ग्यालेक्सी टेलिभिजनमा रकम भित्रिएको भेटिएपछि ती सहकारी रहेका जिल्लामा लगेर बयान गराउने तयारी भएको हो।

प्रकाशित मिति: २०:३७ बजे, मंगलबार, कात्तिक ६, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्