Kathmandu Press

जहाजमा बम भएको हल्लापछि सेनाको तीन घन्टा खानतलासी, केही भेटिएन

पुनः दिल्ली उडानको तयारी
जहाजमा बम भएको हल्लापछि सेनाको तीन घन्टा खानतलासी, केही भेटिएन

काठमाडौं, कात्तिक ६ । भारतको नयाँ दिल्लीबाट काठमाडौं आएको भिस्टारा एयरवेजको जहाजमा हल्ला अनुसार बम नरहेको पाइएको छ।

मंगलबार अपराह्न ४:२७ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको भिस्टाराको जहाजमा बम रहेको हल्लापछि नेपाली सेनाको टोलीले सर्च अपरेशन चलाएको थियो।

सेनाको बम डिस्पोजल युनिटले उक्त जहाजमा तीन घन्टासम्म सर्च गर्दा पनि कुनै शंकास्पद वस्तु नभेटिएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।

शंकास्पद वस्तु नभेटिएपछि जहाजलाई खतरामुक्त प्रमाणित गरिएको छ।

जहाजमा बम रहेको सूचना प्राधिकरणलाई भारतको एउटा ह्वाट्सएप नम्बरबाट कलमार्फत जानकारी दिइएको थियो।

प्राधिकरणका अनुसार खतरामुक्त प्रमाणितपछि जहाज पुनः दिल्ली उडान गर्न लागेको छ।

प्रकाशित मिति: २०:१० बजे, मंगलबार, कात्तिक ६, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्