दिल्लीबाट काठमाडौं आएको जहाजमा बम रहेको सूचनापछि सेनाको सर्च अपरेशन
नेपाल नागरिक उड्डयन प्राधिकरणले जहाजमा बम भएको सूचना दिल्लीबाटै पाएको हो।
काठमाडौं, कात्तिक ६ । भारतको दिल्लीबाट काठमाडौं आएको भिस्तारा एयरवेजको जहाजमा बम राखेको सूचनापछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बम डिस्पोजल युनिट परिचालन गरिएको छ।
मंगलबार अपराह्न ४:२७ बजे त्रिभुवन विमानस्थलमा अवतरण गरेपछि बम रहेको सूचनापछि नेपाली सेना परिचालन गरिएको हो।
नेपाल नागरिक उड्डयन प्राधिकरणले जहाजमा बम भएको सूचना दिल्लीबाटै पाएको हो।
सूचनापश्चात विमानस्थल पुगेको टोलीले सर्च गरिरहेको नेपाली सेनाका प्रवक्ता सहायक रथी गौरवकुमार केसीले जानकारी दिए।
उनले अहिलेसम्म केही नभेटिएको पनि जानकारी दिए।
प्रकाशित मिति: १८:१२ बजे, मंगलबार, कात्तिक ६, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












