Kathmandu Press

नेपाल समाजवादी पार्टीको नाम र झन्डा फेरियो

सो अनुसार पार्टीको नाम छोटकरीमा नेसपा नयाँ शक्ति हुने भएको छ।
नेपाल समाजवादी पार्टीको नाम र झन्डा फेरियो

काठमाडौं, कात्तिक ६  । बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीले पार्टीको नाम र झन्डा परिवर्तन गरेको छ।

मंगलबार पोखरामा सम्पन्न प्रथम विधान अधिवेशनले पार्टीको नाम र झन्डा परिवर्तन गर्ने निर्णय गरेको हो।

Hardik ivf

पार्टीको नाममा पछाडि कोस्टकमा नयाँ शक्ति थप्ने निर्णय भएको छ। सो अनुसार पार्टीको नाम छोटकरीमा नेसपा नयाँ शक्ति हुने भनिएको छ।

परिवर्तित नाम र झन्डा विधान प्रतिनिधिहरुबाट सर्वसम्मत रुपमा पारित भएको हो। विधान अधिवेशनबाट आगामी माघ २५, २६ र २७ गते महाधिवेशन गर्ने सचिवालय बैठकको निर्णय पनि पारित गरेको छ।

विधान अधिवेशनले पार्टीको केन्द्रीय समिति सदस्य ९९ जना, ११ सदस्यीय पदाधिकारी हुने व्यवस्था पारित गरेको छ। जसमा १ अध्यक्ष, ५ उपाध्यक्ष (१ महिला, १ जनजाति , १ मधेसी , १ खसाआर्य, १ दलित), १ महासचिव, ३ सचिव, १ कोषाध्यक्ष हुनेछन्।

निर्वाचन समिति ३३ सदस्यीय हुनेछन्। सबै तहमा प्रत्यक्ष निर्वाचन प्रणालीबाट नेतृत्व चयनको व्यवस्था पारित गरिएको छ।

पार्टीमा युवाको नेतृत्व स्थानीय तहमा ४० प्रतिशत, प्रदेशमा ३० र केन्द्रमा २० प्रतिशतको व्यवस्था गरिएको छ। त्यस्तै सबै समितिमा महिलापदाधिकारी ३३ प्रतिशतको व्यवस्था पनि विधानमा गरिएको छ।

विधान अधिवेशनमा पार्टीको आयव्यय प्रस्तुत गरिएको छ। आय ७ लाख ५० हजार र व्यय ९ लाख ७७ हजार १६० रुपैयाँ रहेको छ।

प्रकाशित मिति: १८:१३ बजे, मंगलबार, कात्तिक ६, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्