Kathmandu Press

जग्गा दानमा लिँदा विरोध गर्ने तीन नेतालाई एमालेले भन्यो- सात दिनभित्र स्पष्टीकरण दिनू

आइतबार साँझ बसको सचिवालय बैठकले पूर्वउपाध्यक्ष भीम रावल, स्थायी कमिटी सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिमिल्सिनलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो।
जग्गा दानमा लिँदा विरोध गर्ने तीन नेतालाई एमालेले भन्यो- सात दिनभित्र स्पष्टीकरण दिनू

काठमाडौं, कात्तिक ६ । नेकपा एमालेले पार्टी कार्यलयको भवन निर्माणका लागि भाटभटेनीका सञ्चालक मीनबहादुर गुरूङबाट जग्गा दानमा लिने निर्णयको विरोध गर्ने तीन नेतालाई स्पष्टीकरण दिन सात दिनको समय तोकेको छ।

आइतबार साँझ बसको सचिवालय बैठकले पूर्वउपाध्यक्ष भीम रावल, स्थायी कमिटी सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिमिल्सिनलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो।

सो निर्णयबमोजिम मंगलबार तीनै जनालाई पत्र पठाएर एमालेले उनीहरूलाई कारबाही नगर्नुपर्ने कारण खुलाएर सात दिनभित्र स्पष्टीकरण पठाउन भनेको हो।

Hardik ivf

‘… विधानको धारा ८१ बमोजिमको कारबाही किन गर्नु नपर्ने हो ? सोको आधार र कारण सहित सात (७) दिनभित्र स्पष्टीकरण पेश गर्न अनुरोध छ’, स्पष्टीकरण पत्रमा भनिएको छ ।

एमाले विधानको धारा ८१ मा पार्टी निर्णय पालना नगर्ने नेताहरुलाई लिलम्बन गर्ने, जिम्मेवारीबाट हटाउने अथवा निष्कासनसम्मको कारबाही गर्न सकिने व्यवस्था छ।

गुरूङले एमालेको केन्द्रीय कार्यालय भवन बनाउन काठमाडौंको कीर्तिपुर नगरपालिकास्थित मित्रनगरमा जग्गा दान दिएका थिए।

त्यहाँ दसैँको अष्टमीका दिन प्रधानमन्त्री केपी शर्मा ओली र मीनबहादुर गुरूङले पार्टी कार्यालय भवनको शिलान्यास गरेका थिए।

एमालेले पार्टी कार्यालय भवन बनाउनका लागि भनेर कार्यकर्ताहरूसँग पनि यसअघि नै पैसा उठाएको थियो।

बिन्दा पाण्डे र उषाकिरण तिम्सिनाले बैठकमै र सार्वजनिक मञ्चहरूमा पनि पार्टी कार्यालय भवन बनाउन व्यापारीबाट जग्गा दानमा लिने अवस्थामा एमाले नपुगेको बताएका थिए।

प्रकाशित मिति: १७:३४ बजे, मंगलबार, कात्तिक ६, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्