Kathmandu Press

नेप्सो दोहोरो अंकले बढ्यो, कारोबार रकम भने घट्यो

सोमबार ५ अर्ब ९० करोडको कारोबार भएको थियो भने मंगलबार ४ अर्ब १७ करोड  १६ लाख ६५ हजारको मात्र कारोबार भएको छ।
नेप्सो दोहोरो अंकले बढ्यो, कारोबार रकम भने घट्यो

काठमाडौं, कात्तिक ६ : पछिल्ला २ दिनमा १ सयभन्दा बढी अंकले घटेको नेप्से परिसूचक मंगलबार भने दोहोरो अंकले बढेको छ। दुई दिनमा १०५।४३ अंकले घटेको नेप्से मंगलबार २५.८८ अंकले बढेर २६६५.८१ विन्दुमा पुगेको छ। 

अन्य सबै सेक्टरका सूचक बढे पनि कारोबार रकम भने घटेको छ। सोमबार ५ अर्ब ९० करोडको कारोबार भएको थियो भने मंगलबार ४ अर्ब १७ करोड  १६ लाख ६५ हजारको मात्र कारोबार भएको छ। १९९ कम्पनीको मूल्य बढ्दा ४० को घट्यो भने ५ को स्थिर रह्यो।

५३ हजार ६ सय ७८ पटकको कारोबारमा १ करोड ९ लाख ६२ हजार २८१ कित्ता सेयर किनबेच भए । कारोबारमा आएका १३ उपसमूहमध्ये सबैको परिसूचक बढेपछि समग्र नेप्सेको वृद्धिमा टेवा पुगेको हो।

फाइनान्स समूहको सूचक सबैभन्दा धेरै ३।०३ प्रतिशत बढ्यो । बैंकिङ ०।६८, विकास बैंक १।२५, होटल तथा पर्यटन ०।४४, हाइड्रोपावर १।४२, लगानी ०।९२, जीवन बीमा ०।४९, उत्पादन २।१४, माइक्रोफाइनान्स ०।६६, निर्जीवन बीमा ०।६१, अन्य १।०२ र व्यापार समूह ०।९० प्रतिशत बढे ।

रावा इनर्जीको मूल्य ८.८६ प्रतिशत, मनकामना इन्जिनियरिङको ७.८२, थ्रीस्टार हाइड्रोपावरको ६.३६, माहुली लघुवित्तको ६.१० तथा मैलुङखोला जलविद्युतको ६.०९ प्रतिशत मूल्य बढेको छ। यस्तै, विन नेपाल लघुवित्तको मूल्य ४.७५ तथा सिकलेस हाइड्रोपावरको २.५० प्रतिशतले मूल्य घटेको छ। 

सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा कुमारी बैंक रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता २४० रूपैयाँ ९० पैसामा १३ करोड ८० लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ। 

प्रकाशित मिति: १६:२५ बजे, मंगलबार, कात्तिक ६, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्