Kathmandu Press

प्रतिष्ठानहरूमा एक रुपता हुन जरुरी छ : मन्त्री पाण्डे 

उनले प्रतिष्ठानको कार्यमा एक रुपता ल्याउनका लागि केन्द्रका प्रतिष्ठानहरुले चिन्ता र चासो लिनुपर्नेमा जोड दिदैँ प्रतिष्ठानलाई सवल र सुदृढीकरणा गर्नका लागि मन्त्रालयले सदैव तत्पर भएको समेत उदघोष गरे। 
प्रतिष्ठानहरूमा एक रुपता हुन जरुरी छ : मन्त्री पाण्डे 

काठमाडौं, कात्तिक ६ : संस्कृति,पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्री पाण्डेले प्रतिष्ठानहरुको काममा एक रुपता हुन जरुरी रहेको औंल्याएका छन्। 

मंगलबार नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको वार्षिक प्रतिवेदन बुझ्दै मन्त्री पाण्डेले उक्त कुरा बताएका हुन्। 

Hardik ivf

‘बाढीका कारण ललितकला प्रतिष्ठानले क्षति व्यहोर्नुपर्यो। जसका कारण वार्षिक प्रतिवेदन ढिलोगरी प्राप्त भएको हुनुपर्छ,’ उनले भने, ‘कतिपय प्रतिष्ठानहरु नाम मात्रैका छन् । कहीं कानुनको अभाव त कहीं भवनहरुको समेत अभाव देखिन्छ। प्रतिष्ठानहरुलाई एकरुपता हुनेगरी व्यवस्थित गर्न जरुरी छ।’ 

मन्त्री पाण्डेले कतिपय पालिका, प्रदेश र संघका प्रतिष्ठानहरुबीच तालमेल नभएको पनि बताए। 

उनले प्रतिष्ठानको कार्यमा एक रुपता ल्याउनका लागि केन्द्रका प्रतिष्ठानहरुले चिन्ता र चासो लिनुपर्नेमा जोड दिदैँ प्रतिष्ठानलाई सवल र सुदृढीकरणा गर्नका लागि मन्त्रालयले सदैव तत्पर भएको समेत उदघोष गरे। 

ललितकला प्रतिष्ठानका कुलपति नारदमणी हातम्छालीले गत आव २०८०÷०८१ मा सातवटै प्रदेशमा ललितकला प्रदर्शनीहरु गरिएको, प्रदेश प्रदर्शनीमा एक हजार १० कलाकारहरुले विधागत रुपमा सक्रिय रुपमा भाग लिएको, गण्डकी, सुदूरपश्चिम र मधेश प्रदेशमा प्राज्ञिक भेलाको सम्पन्न,दाङमा सेरामिक्स हबका रुपमा अघि बढाएको र राष्ट्रिय ललितकला प्रदर्शनी सफलताका साथ सम्पन्न गरिएको बताए। 

ललिकतला प्रष्ठिानमा स्थायी कर्मचारीको अभाव, बजेटको अभाव लगायतका विषयमा समेत प्रतिष्ठानले मन्त्री पाण्डेको ध्यानाकर्षण पनि गराएका थिए।

प्रकाशित मिति: १६:०९ बजे, मंगलबार, कात्तिक ६, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्