Kathmandu Press

सुप्रिम सहकारी ठगी प्रकरण : भित्र जोशीको बयान, बाहिर पीडितको प्रदर्शन 

भित्र जोशीको बयान चलिरहँदा बाहिर जिल्ला अदालत नजिकै सहकारी पीडितहरूले प्रदर्शन गरिरहेका छन्  उनीहरु बचतकर्ताको निक्षेप फिर्ता र दोषीलाई कडा कारवाहीको माग गर्दै प्रदर्शनमा उत्रेका हुन्। 
सुप्रिम सहकारी ठगी प्रकरण : भित्र जोशीको बयान, बाहिर पीडितको प्रदर्शन 

रुपन्देही, कात्तिक ६ : सहकारी ठगीको आरोपमा पक्राउपछि पोखराबाट बुटबल लगिएका छविलाल जोशीको मंगलबार जिल्ला सरकारी वकिल कार्यालयमा बयान भइरहेको छ। 

रुपन्देहीस्थित सुप्रिम सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रालिमार्फत भएको अपचलनमा पनि जोशीको संलग्नता देखिएपछि रुपन्देही प्रहरीले जिल्ला सरकारी वकिल कार्यालयमा बयानका लागि उपस्थित गराएको छ । रुपन्देही सरकारी वकील कार्यालयका प्रमुख प्रेमराज पौडेलको रोहवरमा जोशीको बयान सुरु भएको छ। 

Hardik ivf

जोशी गत ६ असोजमा पक्राउ परेका थिए। उनलाई सोमबार बयानका लागि रुपन्देही लगिएको हो । भित्र जोशीको बयान चलिरहँदा बाहिर जिल्ला अदालत नजिकै सहकारी पीडितहरूले प्रदर्शन गरिरहेका छन्  उनीहरु बचतकर्ताको निक्षेप फिर्ता र दोषीलाई कडा कारवाहीको माग गर्दै प्रदर्शनमा उत्रेका हुन्। 

सहकारी रकम अपचलनमा छानविनका लागि गठित संसदीय समितिले गोर्खा मिडिया मार्फत भएको सहकारीको रकम अपचलन प्रकरणमा जोशीसँगै जीबी राइ, रवि लामिछाने र कुमार रम्तेललाई पनि दोषी करार गरेको छ। सुप्रिम सहकारी अपचलन प्रकरण ठगी मुद्दा भने यसअघि नै अदालतमा दर्ता भइसकेको छ। 

सुप्रिम सहकारीका १ हजार ८३१ बचतकर्ताले सहकारीका पूर्वअध्यक्ष राई, वर्तमान अध्यक्ष ओमप्रकाश गुरुङ सहितका पदाधिकारी, सञ्चालक तथा कर्मचारीहरूले एक अर्ब बढी रकम अपचलन गरेको आरोप लगाउँदै प्रहरीमा जाहेरी दर्ता गरेका थिए। 

सुप्रिम सहकारीबाट पूर्वगृहमन्त्री रवि लामिछाने प्रबन्ध निर्देशक रहेको समयमा गोर्खा मिडिया नेटवर्कको नाममा १४ करोड ६ लाख रुपैयाँ सारिएको प्रहरीको निष्कर्ष छ।

प्रकाशित मिति: १५:१० बजे, मंगलबार, कात्तिक ६, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्