मखमलीसँग रमाउँदै गुन्डुबासी [फाेटो फिचर]
गुण्डुका बासिन्दालाई तिहारले झपक्कै छोपेको छ। हरेकका घरआँगनमा मखमली फूलका माला गाँस्ने भीड लागेको छ। कोही फूल टिप्न र कोही माला गाँस्न व्यस्त छन्। एक्लाएक्लै र सामूहिक रूपमा माला गाँस्नेको चहलपहल देखिन्छ।![मखमलीसँग रमाउँदै गुन्डुबासी [फाेटो फिचर]](https://kathmandupress.com/uploads/posts/kathmandupress-1729585259.jpg)
भक्तपुर, कात्तिक ६ : कात्तिकको बिहानको चिसो छिरेटो छल्दै बिहान अबेरै घरको काम सकेर मखमली बारीतिर लाग्छिन्, भक्तपुर सुर्यविनायक नगरपालिका–७ गुण्डुकी रचना बस्नेत।
तिहार आउन एक हप्तामात्र बाँकी रहँदा रचनालगायत गुण्डुका किसानलाई पाकेको धान भित्र्याउनुभन्दा मखमली टिप्न र माला उन्नकै धपेडी छ। यसमै उनीहरू रमाइरहेका छन्।
बिहान बारीमा मखमली फूल टिप्ने र दिनभरी माला गाँस्ने अहिले गुन्डुबासीको दिनचर्या हो। स्थानीयले गाँसेका मखमलीका माला लिन व्यापारी घरदैलोमा नै पुगिरहेका छन्।
-(4)-1729584910.jpg)
साउन अन्तिम सातादेखि नै फुल टिप्न थालेकी रचना विगतको वर्षभन्दा फुल उत्पादन कम भएको कारण माग अनुसार उपलब्ध गराउन नसकेको बताउँछिन्।
‘अहिलेको काम भनेको नै बिहान फूल टिप्ने दिनभरी गास्ने नै हो । साउन अन्तिम सातादेखि फुल टिप्न थालेका हौं। फुलबारी र धानबालीसँगै भित्र्याउन समय आयो। तर पहिले ढकमक्क फुलेको फुल टिप्न र माला गास्नमै व्यस्त छौँ,’ उनले भनिन्।, ‘तर विगतको जस्तो फुल उत्पादन नहुँदा माग धान्न गाह्रो छ । फुल कत्ति पनि खेर गएको छैन।’
-1729585045.jpg)
रचना जस्तै गुण्डुका बासिन्दालाई तिहारले झपक्कै छोपेको छ। हरेकका घरआँगनमा मखमली फूलका माला गाँस्ने भीड लागेको छ। कोही फूल टिप्न र कोही माला गाँस्न व्यस्त छन्। एक्लाएक्लै र सामूहिक रूपमा माला गाँस्नेको चहलपहल देखिन्छ।
विशेष गरेर स्थानीय महिलाहरू आलोपालो गरी माला गाँस्न व्यस्त हुन्छन्। प्रतिमाला ५ रुपैंयाँका दरले पारिश्रमिक दिएर माला गाँस्ने काममा हरेक घरमा मान्छेहरू व्यस्त छन्।
-1729585064.jpg)
-1729584910.jpg)
-1729584915.jpg)
-1729584927.jpg)
-(4)-1729585062.jpg)
-1729585045.jpg)
-1729585061.jpg)
-1729585064.jpg)









![किरातहरूको पुजा घरमा उँधौलीको रौनक [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1764834780.jpg)
![फ्लडलाइटमा क्रिकेटको मज्जा [फाेटाे फिचर]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1763383632.jpg)
![मोन्था प्रभावले निथ्रुक काठमाडौं [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1761809803.jpg)