‘नेपाल संवतलाई प्रभावकारी बनाउन सबै एकजुट हुनुपर्छ’
मंगलबार काठमाडौंमा नेपाल संवत् ११४५ को शुभकामना आदानप्रदान कार्यक्रममा उनले नेपाल संवत् ११४५ को उपलक्ष्यमा शुभकामना व्यक्त गर्दै यसलाई सफल पार्नका लागि सबै मिलेर काम गर्नुपर्ने बताए।काठमाडौं, कात्तिक ६ : शहरी विकासमन्त्री प्रकाशमान सिंहले नेपाल संवत् ११४५ लाई प्रभावकारी बनाउन आफ्नो तर्फबाट सक्रिय भूमिका खेल्ने विश्वास दिलाएका छन्।
मंगलबार काठमाडौंमा नेपाल संवत् ११४५ को शुभकामना आदानप्रदान कार्यक्रममा उनले नेपाल संवत् ११४५ को उपलक्ष्यमा शुभकामना व्यक्त गर्दै यसलाई सफल पार्नका लागि सबै मिलेर काम गर्नुपर्ने बताए।
‘नेपाल संवत् ११४५ को उपलक्ष्यमा सबै जनालाई शुभकामना व्यक्त गर्न चाहन्छु। आँउदै गरेको कार्यक्रमलाई सफल पार्नको लागि सबै मिलेर यसमा सहयोग गर्नुपर्छ,’ उनले भने, ‘प्रशंसा गर्ने लायकको कार्यक्रम अगाडि बढाउनुपर्छ। व्यक्तिगत तर्फबाट र सरकारबाट हुनुपर्ने काममा सक्रिय रहने छु।’
यस्तै, उनले नेपाल संवत्लाई सफल पार्ने काम हामीले नगरे कसैले नगर्ने भन्दै नयाँ वर्षलाई सफल पार्नको लागि सबैलाई आह्वान गरेका छन्।
प्रकाशित मिति: १३:४४ बजे, मंगलबार, कात्तिक ६, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन आयोगको निर्देशनसोमबार, मंसिर १०, २०८१
सर्भरमा समस्या आएपछि पाँच दिनदेखि प्रभावित भएको राहदानीको काम आंशिक सुचारूआइतबार, मंसिर ९, २०८१
राष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशनआइतबार, मंसिर ९, २०८१
कोप–२९ को नतिजामा ‘एलडिसी’ समूहको असन्तुष्टिआइतबार, मंसिर ९, २०८१