सभामुख, संसदीय समितिका सभापति र प्रमुख सचेतकबीच सिंहदरबारमा बैठक
सभामुख घिमिरेले संसद्को आगामी अधिवेशनमा बिजनेस अभाव हुन नदिनका लागि छलफलका संसदीय समितिका सभापति र दलका प्रमुख सचेतकलाई छलफलमा डाकेका हुन्।
काठमाडौं, कात्तिक ६ : प्रतिनिधिसभाका सभामुख देवराज घिमिरले संसदीय समितिका सभापति र दलका प्रमुख सचेतकहरूसँग छलफल गरेका छन्।
अहिले सिंहदरबारमा बैठक जारी रहेको छ। सभामुख घिमिरेले संसद्को आगामी अधिवेशनमा बिजनेस अभाव हुन नदिनका लागि छलफलका संसदीय समितिका सभापति र दलका प्रमुख सचेतकलाई छलफलमा डाकेका हुन्।
बैठकमा विधेयकमा दफाबार छलफल अघि बढाउने विषयमा समेत छलफल भइरहेको जाइएको छ।
छलफलका क्रममा रहेका राज्य व्यवस्था तथा सुशासन समिति, पूर्वाधार विकास समिति शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, कानुन, न्याय तथा मानव अधिकार समिति र अर्थ समितिका सभापतिहरूसहित प्रमुख दलका प्रमुख सचेतकहरू उपस्थित छन्।
प्रकाशित मिति: १३:३८ बजे, मंगलबार, कात्तिक ६, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












