Kathmandu Press

मिसेस नेपाल वर्ल्डका प्रतियोगीलाई क्रिएसन नेपालले दियो प्रशिक्षण

क्रिएसन नेपाललका सचिव सुजाता कोइरालाले प्रतियोगीलाई क्रिएसनले सञ्चालन गरेको गतिविधिका साथै नेपालमा देखिएको प्लास्टिकजन्य फोहोरमैला व्यवस्थापन र चक्रीय अर्थतन्त्र लगायतका व्यवहारिक तथा नीतिगत समस्याहरुको बारेमा अन्तरक्रियात्मक प्रशिक्षण दिएकी थिइन्।
मिसेस नेपाल वर्ल्डका प्रतियोगीलाई क्रिएसन नेपालले दियो प्रशिक्षण

काठमाडौं, कात्तिक ६ : क्रिएसन नेपालले मिसेस नेपाल वर्ल्ड २०२४ का प्रतियोगीहरुलाई प्लास्टिक फोहोरमैला व्यवस्थापन तथा चक्रीय अर्थतन्त्रको बारेमा विशेष प्रशिक्षण दिएका छन्। 

विशेष प्रशिक्षण सत्रमा विवाहित मलिाहरुबीचको सौन्दर्य प्रतियोगिता मिसेस नेपाल वर्ल्ड २०२४मा सहभागी भएका प्रतियोगीहरुलाई प्लास्टिकजन्य फोहोरमैला व्यवस्थापन र चक्रीय अर्थतन्त्रको बिषयमा विशेष प्रशिक्षण दिइएको हो।

क्रिएसन नेपाललका सचिव सुजाता कोइरालाले प्रतियोगीलाई क्रिएसनले सञ्चालन गरेको गतिविधिका साथै नेपालमा देखिएको प्लास्टिकजन्य फोहोरमैला व्यवस्थापन र चक्रीय अर्थतन्त्र लगायतका व्यवहारिक तथा नीतिगत समस्याहरुको बारेमा अन्तरक्रियात्मक प्रशिक्षण दिएकी थिइन्।

Hardik ivf

प्लास्टिकजन्य फोहोर स्वास्थ्यको लागि कति हानिकारण हुन्छ, कति प्रकारका प्लास्टिकहरु हम्रा वरीपरी छरिएर रहेका छन, कस्ता प्लास्टिक प्रयोग गर्दा स्वास्थ्यलाई बढी हानिनोक्सानी गर्छ, प्लास्टिक पुनःचक्रण के हो ्? कसरी यसलाई चक्रीय अर्थतन्त्रमा जोड्न सकिन्छ लगायतका बिषयमा प्रशिक्षण सत्रले प्रतियोगीहरुलाई बुझन पदत पुग्ने सचिव कोइरालाले विश्वास व्यक्त गरिन्। उनले सहभागीहरुलाई यस्ता गम्भीर बिषयहरुको बारेमा जनचेतना फैलाउन समेत आग्रह गरिन््।

त्यस्तै क्रिएसनका परियोजना सहायक प्रियस्मा श्रेष्ठले विभिन्न किसिमको प्लास्टिकको बारेमा प्रर्दशन गर्दै प्लास्टिक पुनःचक्रण गरेर कस्ता कस्ता वस्तुहरु बनाउन सकिन्छ बारेमा जानकारी गराएकी थिइन्।  

विश्वव्यापी रुपमा बढ्दो जलवायु परिवर्तनका असर तथा दिगो विकासका लक्ष्यहरु बारेमा ज्ञान प्राप्त गर्ने उदेश्यका साथ क्रिएसनको कार्यालय भ्रमण तथा अवलोकन गर्न आएका प्रतियोगीहरुले प्रशिक्षणका दौरान प्राप्त गरेका ज्ञान भविष्यमा आआफनो ठाँउबाट वातावरण तथा पर्यावरण संरक्षणमा योगदान दिने बताए। उनीहरुले व्यवहारिक रुपबाट नै पर्यावरण संरक्षणका साथै दिगो विकासमा सहयोग पुर्याउनु पर्नेमा जोड दिएका थिए।

प्रशिक्षणमा सहभागी भएका प्रतियोगीहरुले प्लास्टिकजन्य फोहोरमैला व्यवस्थापन र चक्रीय अर्थतन्त्रको बारेमा आआफनो स्थानबाट जनचेतना फैलाउन र क्रिएसनद्वारा सञ्चालन गरिने अभियानमा सहयोग गर्ने सामुहिक प्रतिबद्धता व्यक्त गरे।

यस बर्षको प्रतियोगितामा गृहिणीदेखि डाक्टर, इन्जिनियर, बैंकर, मेनेजर, व्यवसायी, स्वास्थसेवी, फेसन डिजाइनर, नर्स र २–२ पटक क्यान्सर जितेको महिलाहरु अन्त्मि स्पार्धाका लागि छानिएका छन् । यस बर्ष पनि मिसेस नेपाल वल्र्ड विजेताले अमेरिकामा हुने अन्तराष्टिय प्रतिस्पर्धामा मिसेस वर्ल्डमा सहभागिता जनाउने अवसर प्राप्त गर्ने छिन्।

रिवन इन्टरनेनमेन्टको आयोजनामा हुने मिसेस नेपाल वर्ल्ड २०२४ का प्रतियोगिहरुलाई विभिन्न क्षमता अभिवृद्धि प्रशिक्षणहरु प्रदान  गरिएको छ । प्रतियोगिताको अन्तिम प्रतिस्पर्धा अगामी कार्तिक १० गते राजधानीको कमलादिस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुनेछ।

प्रकाशित मिति: १३:२५ बजे, मंगलबार, कात्तिक ६, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्