Kathmandu Press

अध्यादेशमार्फत ऐन ल्याएर दल फुटाउने प्रयास लोकतन्त्र र संसदीय मर्म विपरित : डा. डिला संग्रौला

मंगलबार विहान सामाजिक संजालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै डा.संग्रौलाले अध्यादेशमार्फत संशोधन गरेर दल विभाजनका लागि बाटो खोल्न लागिएको भन्ने चर्चा लोकतन्त्र र संसदीय मर्मको सर्वथा प्रतिकुल र स्वेच्छाचारी कदम हो भनेकी छन् ।
अध्यादेशमार्फत ऐन ल्याएर दल फुटाउने प्रयास लोकतन्त्र र संसदीय मर्म विपरित : डा. डिला संग्रौला

काठमाडौं, कात्तिक ६ : नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा.डिला संग्रौलाले राजनीतिक दल सम्बन्धी ऐन २०७३ लाई अध्यादेशमार्फत संशोधन गरेर ल्याउने चर्चाको विरोध गरेकी छिन् ।

मंगलबार विहान सामाजिक संजालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै डा.संग्रौलाले अध्यादेशमार्फत संशोधन गरेर दल विभाजनका लागि बाटो खोल्न लागिएको भन्ने चर्चा लोकतन्त्र र संसदीय मर्मको सर्वथा प्रतिकुल र स्वेच्छाचारी कदम हो भनेकी छन् ।

Hardik ivf

दल विभाजन भन्दा पनि जनताका जल्दा बल्दा समस्याहरुलाई संबोधन गर्नतर्फ सरकारको ध्यान आकर्षित गराएकी छिन् । जनताको सर्बोच्च संस्था गरिमामय संसदको उपेक्षा गर्दै राजनीतिक दल सम्बन्धी ऐन २०७३ लाई अध्यादेशमार्फत संशोधन गरेर दल विभाजनका लागि बाटो खोल्न लागिएको भन्ने चर्चा लोकतन्त्र र संसदीय मर्मको सर्वथा प्रतिकुल र स्वेच्छाचारी कदम हो । 

अत्यन्त जरुरी राष्ट्रिय अवस्था बाहेक अध्यादेश ल्याउनु सार्वभौंम संसदको उपेक्षा मात्र होइन संसदीय बहुदलीय लोकतान्त्रिक पद्धतिको उपहास पनि  हो। हाल अध्यादेशको मस्यौदा तयार पारेर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेको र त्यसलाई अध्यादेशमार्फत जारी गर्ने कुराले आम जनतालाई नकरात्मक सन्देश प्रवाह गर्ने भएकाले यस्तोबेला राज्य सामु आएका जल्दा बल्दा समस्याहरुलाई संबोधन गर्नतर्फ केन्द्रीत हुन सरकारसामू अनुरोध समेत गर्दछु,’उनले लेखेकी छिन् ।

प्रकाशित मिति: ०८:५२ बजे, मंगलबार, कात्तिक ६, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्