Kathmandu Press

रवि लामिछानेले अदालत परिसरमा दिएको अभिव्यक्तिबारे गृहमन्त्रीको चासो

आइतबार म्याद थपका लागि अदालत लैजाँदै गर्दा लामिछानेले पत्रकारहरूसँग करिब तीन मिनेट आफ्नो भनाइ राखेका थिए।
रवि लामिछानेले अदालत परिसरमा दिएको अभिव्यक्तिबारे गृहमन्त्रीको चासो

काठमाडौं, कात्तिक ५। गृहमन्त्री रमेश लेखकले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कास्की जिल्ला अदालत परिसरमा दिएको अभिव्यक्तिबारे चासो व्यक्त गरेका छन्।

आइतबार म्याद थपका लागि अदालत लैजाँदै गर्दा लामिछानेले पत्रकारहरूसँग करिब तीन मिनेट आफ्नो भनाइ राखेका थिए।

त्यस क्रममा उनले आफ्नो पक्राउविरूद्ध देशभरका कार्यकर्ताहरूलाई विरोधमा उत्रिन आह्वान समेत गरेका थिए।

गृहमन्त्री लेखकले अनुसन्धानमा रहेका व्यक्तिले वक्तव्य दिएको भन्दै गृह मन्त्रालय अन्तर्गतको निकायका प्रमुखहरूसँग उक्त विषयमा चासो राखेका हुन्।

शुक्रबार पक्राउ परेका लामिछानेविरूद्ध सहकारी ठगी र संगठित अपराधमा अनुसन्धान गर्न कास्की जिल्ला अदालतले आइतबार ६ दिनको म्याद थपेको छ।

प्रकाशित मिति: २१:२९ बजे, सोमबार, कात्तिक ५, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्