अमेरिका जाँदै अर्थमन्त्री पौडेल
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल अमेरिका जाँदैछन्।-1725791161.jpg)
काठमाडौं, कात्तिक ५ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल अमेरिका जाँदैछन्।
विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) को वार्षिक बैठकमा भाग लिन अर्थमन्त्री पौडेल आजराति अमेरिकाको वासिङटन डिसीतर्फ जान लागेका हुन्।
वासिङटन डिसी र न्यूयोर्कमा रहँदा अर्थमन्त्री पौडेलले द्विपक्षीय तथा बहुपक्षीय भेटवार्ता गर्नुहुने कार्यक्रम तय भएको उहाँको सचिवालयले जनाएको छ।
उनी कात्तिक दोस्रो साता स्वेदश फर्किनुहुने कार्यक्रम छ।
प्रकाशित मिति: २१:०२ बजे, सोमबार, कात्तिक ५, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












