Kathmandu Press

अमेरिका जाँदै अर्थमन्त्री पौडेल

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल अमेरिका जाँदैछन्।
अमेरिका जाँदै अर्थमन्त्री पौडेल
फाइल तस्वीर

काठमाडौं, कात्तिक ५ ।  उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल अमेरिका जाँदैछन्।

विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) को वार्षिक बैठकमा भाग लिन अर्थमन्त्री पौडेल आजराति अमेरिकाको वासिङटन डिसीतर्फ जान लागेका हुन्। 

Hardik ivf

वासिङटन  डिसी र न्यूयोर्कमा रहँदा अर्थमन्त्री पौडेलले द्विपक्षीय तथा बहुपक्षीय भेटवार्ता गर्नुहुने कार्यक्रम तय भएको उहाँको सचिवालयले जनाएको छ।

उनी कात्तिक दोस्रो साता स्वेदश फर्किनुहुने कार्यक्रम छ।

प्रकाशित मिति: २१:०२ बजे, सोमबार, कात्तिक ५, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्