Kathmandu Press

प्रधानमन्त्री ओलीलाई माधव नेपालको चेतावनी- अरू पार्टीलाई सिध्याउने खेलमा नलाग्नुस्

'एमाले र ओलीप्रति कुनैपनि बदलाभाव छैन'
प्रधानमन्त्री ओलीलाई माधव नेपालको चेतावनी- अरू पार्टीलाई सिध्याउने खेलमा नलाग्नुस्

काठमाडौं, कात्तिक ५ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले अरू पार्टीलाई सिध्याउने खेलमा नलाग्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई चेतावनी दिएका छन्।

 सोमबार कपिलवस्तुमा पार्टीको लुम्बिनी प्रदेशस्तरीय विस्तारित बैठकलाज्ञ सम्बोधन गर्दै अध्यक्ष नेपालले दल विभाजन गर्ने अध्यादेश ल्याएर अरू पार्टीहरूलाई सिध्याउने खेलमा नलाग्न प्रधानमन्त्री ओलीलाई चेतावनी दिएका हुन्।

‘बरू देशलाई विकास गर्ने विषयमा छलफल गर्नुस्, हामी पनि छलफल गर्न तयार छौं तर अरू पार्टी सिध्याउने अध्यादेश मान्य हुँदैन,’ अध्यक्ष नेपालले भने।

उनले अरूलाई सिध्याउँछु भन्नेहरू आफै समाप्त भएर जाने पनि बताए।

उनले ओली वा एमालेप्रति आफ्नो र आफ्नो पार्टीका कुनैपनि नेताहरूको बदलाभाव नभएको पनि बताए।

एकीकृत समाजवादीका नेता कार्यकर्ताहरू एमालेमा फर्किन लागेको वा माओवादी केन्द्रमा बिलिन हुन लागेको भन्ने विषय पनि झुट रहेको नेपालले बताए।

'हामी कसैसँग पनि बिलिन हुँदैनौं,’ उनले भने, ‘आफ्नै खुट्टामा उभिन एकीकृत समाजवादी सक्षम छ,’ उनले भने।

प्रकाशित मिति: २०:५६ बजे, सोमबार, कात्तिक ५, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्