Kathmandu Press

न्यायपालिकामा हुने सबै कामको नैतिक जिम्मा म लिन्छु : प्रधानन्यायाधीश राउत 

‘नागरिकको अभिव्यक्ति स्वतन्त्रताप्रति पनि न्यायपालिका सचेत छ । समग्रमा देश, जनता र संविधानप्रति इमान्दारपूर्वक काम गर्नेछु । नागरिक र प्रेसको अभिव्यक्ति स्वतन्त्रताको साथमा छु,’ कुराकानीमा उनले भने। 
न्यायपालिकामा हुने सबै कामको नैतिक जिम्मा म लिन्छु : प्रधानन्यायाधीश राउत 

काठमाडौं, कात्तिक ५ : प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले न्यायपालिकाको स्वतन्त्रताको बिषयमा कुनै सम्झौता नहुने बताएका छन्।

प्रधानन्यायाधीश राउतले कानुन पत्रकारसँग सोमबार भएको भेटमा उक्त भनाई राखेका हुन् । उनले न्यायपालिकाको सुधार आफ्नो प्राथमिकता भएको पनि बताए। 

‘न्यायपालिकाप्रति जनआस्था बढाउन काम गर्ने छु। सुधार मेरो प्राथमिकता हो। न्यायपालिकाभित्र पारदर्शिता र जवाफदेहीता मेरो प्रतिवद्धता हो,’ राउतले भने, ‘तदारुकताका साथ न्याय प्रदान गर्ने विषय मेरो प्राथमिकतामा छ । न्यायपालिकामा हुने सबै कामको जिम्मा मैले लिन्छु र त्यहाँबाट सुधारको प्रक्रिया अघि बढाउछु । जस्तोसुकै प्रतिकुल परिस्थितीमा पनि न्यायिक सुधारको अभियान रोकिदैन।’

Hardik ivf

प्रधानन्यायाधीश राउतले न्यायपालिकामा अझै पनि कतिपय चुनौती बाँकी रहेको बताए। उनले अदालत जनताको विश्वासको भरमा टिक्ने बताउँदै न्यायपालिकालाई लयमा फर्काउने कोसिस गर्ने पनि बताए। 

न्यायपालिकाका विकृति, व्यथिति अन्त्यका लागि तत्कालिन न्यायाधीश हरिकृष्ण कार्की संयोजकत्वको अध्ययन प्रतिवेदनका कतिपय प्रावधान कार्यान्वयन भइसकेको र कतिपय हुन बाँकी रहेको बताउँदै चरणवद्ध रुपमा कार्यान्वयन गर्दै जाने समेत बताए।

यस्तै, सर्वोच्च र मातहतका अदालत नागरिकको हक अधिकारका सवालमा प्रतिवद्ध रहेको पनि औंल्याए। 

‘नागरिकको अभिव्यक्ति स्वतन्त्रताप्रति पनि न्यायपालिका सचेत छ । समग्रमा देश, जनता र संविधानप्रति इमान्दारपूर्वक काम गर्नेछु । नागरिक र प्रेसको अभिव्यक्ति स्वतन्त्रताको साथमा छु,’ कुराकानीमा उनले भने। 

उनले ‘ट्रयाक रेकर्ड’ मा अब्बल भएकाहरुले न्यायाधीशमा अवसर पाउने पनि बताए। न्यायाधीशमा भागबण्डा नहुने बताउँदै त्यसको जिम्मेवारी आफुले लिने भनाई उनको थियो। 

एक प्रसङ्गमा राउतले बाह्य वातावरण अदालतको नियन्त्रणमा नहने भन्दै न्यायलयले पनि संयमता नगुमाउने उनको भनाई थियो। यदी कसैले नियतवशः अदालतको हुर्मत लिने कार्य र अतिरञ्जना फैलाउने कार्य क्षम्य नहुने बताउँदै उनले अगाडी भने, ‘तर अदालतले सधैं संयमता अपनाउँछ ।’ 

प्रकाशित मिति: १६:३४ बजे, सोमबार, कात्तिक ५, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्