Kathmandu Press

नेप्सेमा भारी अंकको गिरावट

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ५७.९९ अंकले ओरालो लागेर दुई हजार छ सय ३९ दशमलव ९२ अंकमा पुगेको छ। 
नेप्सेमा भारी अंकको गिरावट

काठमाडौं, कात्तिक ५ : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक झण्डै ५८ अंकले ओरालो लागेको छ। 

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ५७.९९ अंकले ओरालो लागेर दुई हजार छ सय ३९ दशमलव ९२ अंकमा पुगेको छ। 

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ११.१४ अंकले ओरालो लागेर चार सय ७६ दशमलव २४ मा सीमित भएको छ। कारोबार भएका १३ वटै उपसमूहको शेयर मूल्यमा गिरावट आएको छ। 

नेप्सेका अनुसार, कूल एक करोड ३८ लाख ६३ हजार चार सय ४३ कित्ता शेयर पाँच अर्ब ९० करोड सात लाख ९१ हजार ४४ मूल्यमा कारोबार भएका छन्। 

विन नेपाल लघुवित्त ९.९८, कर्पोरेट डेभलपमेन्ट बैंक ९.८२, कालिका लघुवित्त ५.५२, पिपल्स पावर ४.८४ र मानुषी लघुवित्तका लगानीकर्ताले ३.९९ प्रतिशतले कमाएका छन्। 

यस्तै, न्यादी ग्रुप अफ पावर ९.२०, गुडविल फाइनान्स ५.६५, छ्याङदी हाइड्रोपावर ४.७९, इस्टर्न हाइड्रोपावर ४.७५ र गुर्खाज फाइनान्सका लगानीकर्ताले ४.६७ प्रतिशतले गुमाएका छन्।

प्रकाशित मिति: १६:३० बजे, सोमबार, कात्तिक ५, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्