Kathmandu Press

श्रीलंकामाथि भुटानको सानदार जित, सेमिफाइनल सम्भावना बलियो

सोमबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको समूह बीको दोस्रो खेलमा भुटानले श्रीलंकामाथि ४–१को सानदार जित निकाल्यो।
श्रीलंकामाथि भुटानको सानदार जित, सेमिफाइनल सम्भावना बलियो

काठमाडौं, कात्तिक ५ : काठमाडौंमा जारी महिला साफ च्यान्पियनसिपमा भुटान विजयी भएको छ। 

सोमबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको समूह बीको दोस्रो खेलमा भुटानले श्रीलंकामाथि ४–१को सानदार जित निकाल्यो।

श्रीलंकाविरुद्ध भुटानलाई सनदार जित दिलाउन डेकी हजोमले दुई गोल गरिन् भने दोर्जी इडोन र नाम्गेल डोमाले पनि गोल गरे। श्रीलंकाका लागि मदुशिखाले गोल गरेकी थिइन्।

खेलको आठौं मिनेटमा हजोमको गोलमा भुटानले अग्रता लियो। तर, २२औं मिनेटमा श्रीलंकाकी मदुशिखाले गोल गर्दै खेलालाई १–१को बराबरीमा ल्याइन्। त्यसपछि ३१औं मिनेटमा इडोनले गोल गर्दै पुनः भुटानलाई अग्रता दिलाइन्। 

दोस्रो हाफमा भने भुटान खेलमा पूर्णरुपमा हावी भएको थियो। ७५औं हजोमले गोल गरेपछि भुटानले खेलमा ३–१को अग्रता लियो। त्यसको तीन मिनेटपछि नै डोमाले गोल गर्दै भुटानलाई ४–२को सानदार जित दिलाइन्। 

यो जितसँगै समूह बीबाट सेमिफाइनल पुग्ने भुटानको सम्भावना बलियो बनेको छ। पहिलो खेलमा नेपाललाई बराबरीमा रोकेको भुटान ४ अंक जोड्दै समूहको शीर्ष स्थानमा उक्लिएको छ। अब उसले अन्तिम खेलमा माल्दिभ्सको सामाना गर्ने छ।

पहिलो खेलमा माल्दिभ्सलाई हराएको श्रीलंकाको पनि सेमिफाइनल सम्भावना कायमै छ। अब उसले अन्तिम खेलमा नेपालसँग खेल्नेछ।
 

प्रकाशित मिति: १६:१८ बजे, सोमबार, कात्तिक ५, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्