Kathmandu Press

नविन न्यौपाने बने नेपाली टिमको अन्तरिम प्रशिक्षक

नयाँ प्रशिक्षक नियुक्त नहुँदासम्म नवीनले नेपाली टिमको नेतृत्व गर्ने छन्।
नविन न्यौपाने बने नेपाली टिमको अन्तरिम प्रशिक्षक

काठमाडाैं, कात्तिक ५ : र्वराष्ट्रिय खेलाडी नवीन न्यौपाने नेपाली पुरुष राष्ट्रिय फुटबल टिमको अन्तरिम मुख्य प्रशिक्षकमा नियुक्त भएका छन्।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले न्यौपानेलाई अन्तरिम मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो। एन्फाले उनलाई सोमबार नै नियुक्ति पत्र पनि दिएको छ। 

मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसको सम्झौता अवधि सकिएपछि नेपाली टिम मुख्य प्रशिक्षक बिहीन थियो। एन्फाले ए लाइसेन्स प्राप्त मुख्य प्रशिक्षक नियुक्तिका लागि प्रक्रिया अगाडि बढाइरहेको छ। 

नयाँ प्रशिक्षक नियुक्त नहुँदासम्म नवीनले नेपाली टिमको नेतृत्व गर्ने छन्। न्यौपानेको प्रशिक्षणमा नेपालले नोभेम्बरमा ताजकिस्तानसँग मैत्रीपूर्ण खेल खेल्ने छ। नवीनसँग त्रिभुन आर्मी क्लबमा प्रशिक्षण गरेको अनुभव छ।

यस्तै, चेतन घिमिरे सहायक प्रशिक्षक र नवीन महर्जनलाई गोलकिपिङ प्रशिक्षक नियुक्त भएका छन्। 

प्रकाशित मिति: १५:५९ बजे, सोमबार, कात्तिक ५, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्