रविको बयान लिइँदै, पृथ्वीचोकमा समर्थकको प्रदर्शन
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसन्धान अधिकृत र सरकारी वकिलले उनीसँग बयान लिइरहेका छन् ।-1729501922.jpeg)
कास्की, कात्तिक ५ : सहकारी गठी प्रकणमा अनुसन्धानका लागि पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बयान सुरु भएको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसन्धान अधिकृत र सरकारी वकिलले उनीसँग बयान लिइरहेका छन् ।
उनलाई कार्तिक २ गते पार्टी कार्यालय वनस्थलीबाट पक्राउ परेका हुन्।
-(1)-1729501925.jpeg)
बयान सुरु भएसँगै उनका समर्थकहरूले पृथ्वीचोकमा प्रदर्शन पनि गरिरहेका छन्। आइतबारको भन्दा आज प्रदर्शनकारीको संख्या कम रहेको बताइएको छ।
रविविरुद्ध सुर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष गितेन्द्रबावु (जीवी) राईसँग मिलेर सहकारीको रकम अपचलन गरेको आरोप छ।
-(1)-1729501925.jpeg)
-(1)-1729501922.jpeg)
प्रकाशित मिति: १४:५८ बजे, सोमबार, कात्तिक ५, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












