Kathmandu Press

रविको बयान लिइँदै, पृथ्वीचोकमा समर्थकको प्रदर्शन

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसन्धान अधिकृत र सरकारी वकिलले उनीसँग बयान लिइरहेका छन् । 
रविको बयान लिइँदै, पृथ्वीचोकमा समर्थकको प्रदर्शन

कास्की, कात्तिक ५ : सहकारी गठी प्रकणमा अनुसन्धानका लागि पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बयान सुरु भएको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसन्धान अधिकृत र सरकारी वकिलले उनीसँग बयान लिइरहेका छन् । 

Hardik ivf

उनलाई कार्तिक २ गते पार्टी कार्यालय वनस्थलीबाट पक्राउ परेका हुन्। 

Photos-(1)-(1)-1729501925.jpeg

बयान सुरु भएसँगै उनका समर्थकहरूले पृथ्वीचोकमा प्रदर्शन पनि गरिरहेका छन्। आइतबारको भन्दा आज प्रदर्शनकारीको संख्या कम रहेको बताइएको छ। 

रविविरुद्ध सुर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष गितेन्द्रबावु (जीवी) राईसँग मिलेर सहकारीको रकम अपचलन गरेको आरोप छ। 

Photos-(1)-(1)-1729501925.jpeg

Photos-(4)-(1)-1729501922.jpeg

प्रकाशित मिति: १४:५८ बजे, सोमबार, कात्तिक ५, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्