Kathmandu Press

पहिलो पटक नेप्सेको आँगनमा साँढेको प्रतिमा, निर्माण अन्तिम चरणमा

विश्वभर स्टक मार्केट अगाडी साँढे अर्थात् चार्जिंग बुलको प्रतिमा राख्ने प्रचलन अनुसार नेपालमा पनि यसलाई प्रयोगमा ल्याउन लागिएको नेपाल स्टक एक्सचेन्ज जनाएको छ।
पहिलो पटक नेप्सेको आँगनमा साँढेको प्रतिमा, निर्माण अन्तिम चरणमा

काठमाडौं, कात्तिक ५ : नेपाल स्टक एक्सचेन्ज नेप्सेको प्रांगणमा साँढेको प्रतिमा निर्माण अन्तिम चरणमा पुगेको छ।

दुई वर्षअघि नै नेप्सेले वोलपत्र आब्हान गरी साँढेको प्रतिमा निर्माण गर्न गोप्य शिलबन्दी बोलपत्र प्रक्रिया अघि बढाएको थियो। नेप्सेले तयार पारेको स्केच अनुसारको साँढे प्रतिमा निर्माण भइरहेको हो।

Hardik ivf

विश्वभर स्टक मार्केट अगाडी साँढे अर्थात् चार्जिंग बुलको प्रतिमा राख्ने प्रचलन अनुसार नेपालमा पनि यसलाई प्रयोगमा ल्याउन लागिएको नेपाल स्टक एक्सचेन्ज जनाएको छ।

नेपालमा पहिलो पटक प्राङगणमा साँढेको प्रतिमा स्थापना भइरहेको हो। केही काम बाँकी रहेकाले उद्घाटनको समय तालिका निर्धारण गरिएको छैन।

ललितपुरको पाटनका कालीगढले निर्माण गरिरहेको प्रतिमाको उचाई ६ फिट र लम्बाई ८ फिट र तौल ६ टन रहने जनाइएको छ।

प्रतिमा निर्माण सकिदा एक करोड ६८ लाख रुपैयाँ बढी रकम खर्च हुने नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले जनाएका छन्।

उनका अनुसार असोज महिनाभित्रै काम सकिने अनुमान गरिएपनि केही प्राविधिक कठिनाइका कारण प्रतिमा निर्माणमा बढी समय लागेको हो। 

प्रकाशित मिति: १३:३७ बजे, सोमबार, कात्तिक ५, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्