अनिवार्य अवकासमा जानु १० दिनअघि राणा एआईजीमा बढुवा सिफारिस
दूई प्रहरी नायव महानिरीक्षक (डिआईजी)हरुलाई पन्छाउँदै बढुवा सिफारिस समितिले अवकाशमा जानै लागेकी राणालाई एआईजी बढुवा सिफारिस गरेको हो।
काठमाडौं, कात्तिक ५ : १० दिनपछि अनिवार्य अवकासमा जान लागिकेकी किरण राणा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवाका लागि सिफारिस भएकी छिन्।
दूई प्रहरी नायव महानिरीक्षक (डिआईजी)हरुलाई पन्छाउँदै बढुवा सिफारिस समितिले अवकाशमा जानै लागेकी राणालाई एआईजी बढुवा सिफारिस गरेको हो।
नेपाल प्रहरीमा उनीभन्दा बुद्धिराज गुरुङ र दुर्गा सिंह चन्द सिनियर डिआईजी हुन्।
राणा ५६ वर्षे उमेर हदका कारण १५ कात्तिकमा अनिवार्य अवकाशमा जाँदैछिन्। जान लागेकी राणालाई बढुवाका लागि सिफारिस गरेको हो। उनी अहिले केन्द्रीय अनुसन्धन ब्युराेमा कार्यरत छिन्।
राणा ४ दिनमात्र एआईजी बन्ने छिन्। सिफारिस भएको ७ दिनसम्म बढुवा गर्न नमिल्ने नियमअनुसार उनी ११ मात्र एआईजी बन्ने छिन्। कात्तिक १५मा अवकाशमा जाने उनलाई १४ गते नै बिदाई गरिनेछ।
प्रकाशित मिति: १३:२४ बजे, सोमबार, कात्तिक ५, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












