Kathmandu Press

अध्यक्ष दाहालले जुम्लाको जनसभालाई सम्बोधन गर्ने

अध्यक्ष दाहालले खस भाषा र सभ्यताको केन्द्र सिंजा कनकासुन्दरीको अवलोकन तथा जनसभालाई सम्वोधन गर्ने कार्यक्रम तय भएको छ। 
अध्यक्ष दाहालले जुम्लाको जनसभालाई सम्बोधन गर्ने

जुम्ला, कात्तिक ५ : नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले आज जुम्लामा हुने जनसभालाई सम्बोधन गर्ने भएका छन्। 

उनले सिंजा कनकासुन्दरीको गोरुचौरमा आयोजना गरिएको जनसभालाई सम्बोधन गर्ने कार्यक्रम छ। 

अध्यक्ष दाहालले खस भाषा र सभ्यताको केन्द्र सिंजा कनकासुन्दरीको अवलोकन तथा जनसभालाई सम्वोधन गर्ने कार्यक्रम तय भएको छ। 

त्यसअघि अध्यक्षले मुगु रारा क्षेत्रको पनि अवलोकन गरेका छन्। 

आजै काठमाडौंबाट नेपालगञ्ज हुँदै मुगुको रारा र जुम्लाको सिंजा कनकासुन्दरी अवलोकन गरी यहाँ आयोजित जनसभालाई सम्बोधन गरेर फर्कने कार्यक्रम रहेको छ। 
 
प्रकाशित मिति: १२:०० बजे, सोमबार, कात्तिक ५, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्