Kathmandu Press

सुनको मूल्यमा दिनदिनै नयाँ रेकर्ड

सोमबार एकै दिन प्रतितोला ६ सय रुपैयाँ मूल्य बढेपछि नेपाली बजारमा सुनको भाउ हालसम्मकै उच्च भएको हो।
सुनको मूल्यमा दिनदिनै नयाँ रेकर्ड

काठमाडौं, कात्तिक ५ : सोमबार नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ। 

सोमबार एकै दिन प्रतितोला ६ सय रुपैयाँ मूल्य बढेपछि नेपाली बजारमा सुनको भाउ हालसम्मकै उच्च भएको हो।

Hardik ivf

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला १ लाख ६५ हजार ६ सय रुपैयाँ तोकेको छ। यसअघि आइतबार १ लाख ६५ हजार रूपैयाँ कायम भएको थियो।

यस्तै आज चाँदीको मूल्य पनि २० रूपैयाँले बढेको छ। आइतबार तोलामा २ हजार ७५ रूपैयाँमा कारोवार भएको चाँदी आज २० रूपैयाँले बढेर २ हजार  ९५ रूपैयाँमा कारोवार भइरहेको छ।  
 

प्रकाशित मिति: ११:२९ बजे, सोमबार, कात्तिक ५, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्