Kathmandu Press

कुवामा डुबेर एक जनाको मृत्यु

कुवामा डुबेर एकजनाको मृत्यु भएको छ ।
कुवामा डुबेर एक जनाको मृत्यु

तुलसीपुर, कात्तिक ४ । कुवामा डुबेर एकजनाको मृत्यु भएको छ ।

तुलसीपुर उपमहानगरपालिका–२ कुमलगडी निवासी २९ वर्षीय रजमान चौधरीको आज बिहान कुवामा डुबेर मृत्यु भएको हो।

आफ्नै घरको कुवामा डुबेको अवस्थामा चौधरी मृत फेला परेका इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिए।

चौधरीकी भाउजु आँसी चौधरीले कुवाबाट पानी तान्ने क्रममा रजमान डुबेपछि प्रहरीलाई खबर गरेको बताए।

प्रहरीले निजको शव निकालेर परिवारलाई जिम्मा लगाएको छ । 

प्रकाशित मिति: १८:२७ बजे, आइतबार, कात्तिक ४, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्