Kathmandu Press

रवि लामिछानेलाई ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

उनीमाथि सहकारी ठगीसँगै संगठित अपराधमा पनि अनुसन्धान हुनेछ।
रवि लामिछानेलाई ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति
तस्बिरः रासस

काठमाडौं, कात्तिक ४ । सहकारी ठगी कसुरमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि ६ दिन हिरासतमा राखेर अनुसन्धान हुने भएको छ।

आइतबार कास्की जिल्ला अदालतले लामिछानेलाई ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो। म्याद अनुमतिका लागि लामिछानेलाई न्यायाधीश नवराज दाहालको इजलासमा गराइएको थियो।

त्यहाँ उनलाई हिरासतमा राखेर अनुसन्धान गर्ने कि हिरासतबाहिर राखेर अनुसन्धान गर्ने भन्ने विषयमा बहस भएको थियो। 

Hardik ivf

अन्त्यमा न्यायाधीश दाहालले उनलाई ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएका हुन्। 

उनीमाथि सहकारी ठगीसँगै संगठित अपराधमा पनि अनुसन्धान हुनेछ। संगठित अपराधमा प्रहरीले ६० दिनसम्म आरोपीलाई हिरासतमा राखेर अनुसन्धान गर्न पाउँछ।

अनुसन्धान सकिएपछि प्रहरीले अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाउनेछ। त्यसपछि सरकारी वकिलको कार्यालयले अदालतमा मुद्दा दायर गर्छ।

 लामिछानेलाई म्याद थपका लागि प्रहरीले अदालत लैजाँदा सडकमा रास्वपा कार्यकर्ताहरूले प्रदर्शन गरेका थिए। भिड अनियन्त्रित भएपछि प्रहरीले अश्रु ग्यास र पानीको फोहरा नै हानेको थियो। 

सहकारी बचत अपचलनको छानबिन गर्न बनेको संसदीय विशेष समितिले रवि लामिछानेलाई कारबाही गर्न सिफारिस गरेको थियो।

संसदीय समितिले कारबाही सिफारिस गरेपछि लामिछाने विरुद्ध ८ महिना अघि परेको जाहेरी प्रहरीले अघि बढाएको हो। पोखराको सुर्यदर्शन सहकारीबाट मात्र १७ हजार ८ सय बचतकर्ताले राखेको १ अर्ब ३५ करोड रुपैया अपचलन भएको पोखरा महानगरपालिकाको छानविनले देखाएको थियो।

उक्त अपचलनको मुख्य योजनाकार मानिएको टेलिभिजनका अध्यक्ष एवं सहकारी संचालक जिबी राई फरार छन्।

टेलिभिजनका पूर्व संचालक छविलाल जोशी अहिले कास्की प्रहरीको हिरासतमा छन् भने सोही टेलिभिजनका प्रबन्धक एवं सुर्यदर्शन सहकारीका कोषाध्यक्ष कुमार रम्तेल अहिले पूर्पक्षका लागि कारागारमा छन्।

लामिछानेलाई शुक्रबार सिआइबीको टोलीले काठमाडौंबाट पक्राउ गरी कास्की पठाइएको थियो। 

प्रकाशित मिति: १९:३० बजे, आइतबार, कात्तिक ४, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्