दिनभर तनावग्रस्त बनेको पोखरा [फोटो फिचर]
यसरी पोखराको माहोल दिनभर तनावग्रस्त बनेको थियो।काठमाडौं, कात्तिक ४ । सहकारी ठगी प्रकरणमा पक्राउ परेका रवि लामिछानेलाई बाँकी अनुसन्धान कसरी गर्ने भन्ने निर्णय कास्की जिल्ला अदालतले आज गर्दैछ।
शुक्रबार पक्राउ परेका उनलाई कास्की प्रहरीले आइतबार मध्याह्नतिर जिल्ला अदालत पुर्याएको थियो। म्याद अनुमतिका लागि न्यायाधीश नवराज दाहालको इजलासमा लामिछानेलाई उपस्थित गराइएको छ।
लामिछानेलाई अदालतमा उपस्थित गराउँदै गर्दा पोखरा दिनभर तनावग्रस्त बनेको थियो।
रवि लामिछानेको पक्षमा नाराबाजी गर्न पुगेका रास्वपा कार्यकर्ताहरू र सुरक्षाकर्मीबीच धकेलाधकेल समेत भएको थियो।
रास्वपा कार्यकर्ताहरू बाक्लो संख्यामा उपस्थित भएर नाराबाजी गरेपछि सम्भावित अवरोधको पूर्वानुमान गर्दै कास्की प्रशासनले अदालत आसपास निषेधाज्ञा नै लगाएको छ।
सहकारी पीडितले पनि रवि माथिको कारबाही प्रक्रिया प्रभावित नहोस् भनेर खबरदारी गरेको थियो। दुवै पक्षले प्रदर्शन गर्ने भएपछि बाक्लो संख्यामा सुरक्षाकर्मी खटाइएको थियो।
रास्वपा कार्यकर्ताहरूको भिडले निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले अश्रु ग्यास र पानीको फोहोरा हानेको थियो।
अदालतमा उपस्थित गराइँदै गर्दा रवि लामिछानेले पनि देशभरका कार्यकर्ताहरूलाई आन्दोलनमा उत्रिन आह्वान गरेका थिए।
यसरी पोखराको माहोल दिनभर तनावग्रस्त बनेको थियो।
हेर्नुस् तस्बिरहरूः