यी हुन् मन्त्रिपरिषद् बैठकले गरेका २३ निर्णयहरू
बैठकले सदर चिडियाखानाको व्यवस्थापन जिम्मेवारी राष्ट्रिय प्रकृति संरक्षण कोषलाई हस्तान्तरण गर्ने निर्णय गरेको छ।
काठमाडौं, कात्तिक ४ । मन्त्रिपरिषद बैठकले विभिन्न २३ निर्णयहरू गरेको छ।
शनिबार बसेको मन्त्रिपरिषद बैठकले गरेका निर्णयहरू आइतबार सार्वजनिक भएका छन्।
बैठकले गरेको पहिलो निर्णयमा विश्व बैंकबाट हरित, उत्थानशील र समावेशी विकासका लागि प्रस्ताव गरिएको करिब १३५ मिलियन अमेरिकी डलर ऋण सहायता स्वीकार गर्ने भनिएको छ।
त्यसका लागि वार्ता गर्न अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गरी वार्ता गर्ने अख्तियारी दिने समेत बैठकले निर्णय गरेको छ।
शनिबारकै बैठकले नेपाल इन्टरमोडल यातयात विकास समितिको कार्यकारी निर्देशक पदमा आशिष गजुरेललाई पुनः नियुक्त गर्ने निर्णय गरेको छ।
बैठकले सदर चिडियाखानाको व्यवस्थापन जिम्मेवारी राष्ट्रिय प्रकृति संरक्षण कोषलाई हस्तान्तरण गर्ने निर्णय गरेको छ।
यस्ता छन् अरू निर्णयः
प्रकाशित मिति: १६:३९ बजे, आइतबार, कात्तिक ४, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












