Kathmandu Press

उपप्रधानमन्त्री सिंहका एक सय दिन : २६ प्रशासकीय भवन, ४० झोलुङ्गे पुल सम्पन्न 

शहरी विकास मन्त्रालयले सय दिनमा २५ वटा प्रशासकीय भवन निर्माण सम्पन्न गर्ने लक्ष्य लिएकोमा २६ वटा सम्पन्न गरेको हो । आइतबार आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयले सय दिनमा ११ वटा लक्ष्य लिएकोमा १० वटा पूरा गरेको मन्त्रालयले जनाएको छ ।
उपप्रधानमन्त्री सिंहका एक सय दिन : २६ प्रशासकीय भवन, ४० झोलुङ्गे पुल सम्पन्न 

काठमाडौं, कात्तिक ४ : उपप्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहले मन्त्रालय समालेको दिनमा स्थानीय तहका २६ वटा प्रशासकीय भवन निर्माण सम्पन्न गरेको छ । 

शहरी विकास मन्त्रालयले सय दिनमा २५ वटा प्रशासकीय भवन निर्माण सम्पन्न गर्ने लक्ष्य लिएकोमा २६ वटा सम्पन्न गरेको हो । आइतबार आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयले सय दिनमा ११ वटा लक्ष्य लिएकोमा १० वटा पूरा गरेको मन्त्रालयले जनाएको छ । सय दिनको अवधिमा ५० वटा झोलुङ्गे पुल निर्माण गर्ने लक्ष्य लिएकोमा ४० वटा सम्पन्न गरेको छ । विपद्का कारण बाँकी १० वटा थप्नलाई कठिनाइ भएको मन्त्रालयले जनाएको छ । 

Hardik ivf

प्राकृतिक विपदको समयमा समुदायलाई आश्रयस्थल उपलब्ध गराउन चार वटा आपत्कालीन केन्द्र बनाउने निर्णय भएको छ । जसअनुसार कालीकोटको तिलागुफा नगरपालिकामा ४० जना अट्ने, जुम्लाको चन्दननाथ नगरपालिकामा ४० जना, महोत्तरीको जलेश्वर नगरपालिकामा सय जना र सप्तरी तिलाठी कोइलाडीमा सय जना अट्ने आपत्कालीन केन्द्र निर्माण गर्ने निर्ण भए अनुसार दुई वटा पूर्ण रुपमा सम्पन्न भएको र बाँकी दुई वटाको भवनहरु बनिसकेको र बाथरुमको केही मात्रै बाँकी रहेको छ । 

सय दिनको बिचमा सात वटा स्वास्थ्य भवन निर्माण सम्पन्न गर्ने निर्णय अनुरुप जिल्ला जनस्वास्थ्य कार्यालय भवन, सोलुखुम्बु, लुमरुपा आयुर्वेद औषधालय भवन, पाँचथर, डडेल्धुरा उपक्षेत्रीय अस्पताल भवन, डडेल्धुरा, इसिबु स्वास्थ्यचौकी भवन, तेह्रथुम, बाह्रेकटौरे स्वास्थ्य चौकी भवन, महालक्ष्मी नगरपालिका, धनकुटा, मूर्तिढुङ्गा स्वास्थ्यचौकी भवन महालक्ष्मी नगरपालिका, धनकुटा, थोक्लुङ स्वास्थ्यचौकी भवन गरी सात वटा सम्पन्न गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइयो । 

जाजरकोट र रुकुमपूर्वको भूकम्पबाट क्षतिग्रस्त सरकारी भवन तथा स्वास्थ्य संस्थाका भवन पुनर्निर्माणका लागि आयोजना कार्यान्वयन एकाइ स्थापना गरी जनशक्ति खटाइएको छ । भौतिक सुविधासहित कार्यालय प्रमुख गइसकेको जानकारी दिए ।

भैंसेपाटीमा निर्माणधीन मन्त्री आवास निर्माणका लागि सबै मन्त्रीलाई सार्ने लक्ष्य लिएकोमा सो लक्ष्य समेत पूरा गरिसकिएको छ । यस्तै, दमक व्यापारिक कम्प्लेक्स र चितवनको सौरहा सभा हल निर्माण कार्य सम्पन्न भइसकेको छ । 

मन्त्रालयका अनुसार यसविचमा थापाथलीस्थित नेपाल राष्ट्र बैंक बैंकिङ कार्यालय भवनको पुनर्निर्माण सम्पन्न गर्ने लक्ष्य लिएकोमा सम्पन्न गरी राष्ट्र बैंकलाई हस्तान्तरण गरिसकिएको छ । नेपालकै सबैभन्दा लामो त्रिवेणी–सुस्ता–बहुत्तरी झोलुङ्गे पुल निर्माण कार्य सम्पन्न भई सञ्चालनमा ल्याइएको छ ।

काठमाडौंको गोकर्णदेखि गुह्येश्वरीसम्मको ६ किलोमिटर क्षेत्रमा ढल व्यवस्थापन गर्ने कार्य निर्माणाधीन रहेको छ । त्यस्तै, धरहरा शुल्क लिएर सञ्चालन गर्ने निर्णय समेत छिट्टै हुने जनाइएको छ । 
 

प्रकाशित मिति: १४:१४ बजे, आइतबार, कात्तिक ४, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्