एमाले अध्यक्ष ओलीले डाके सचिवालय बैठक
भाटभटेनीका मालिक मीनबहादुर गुरुङबाट दान बापत प्राप्त जग्गाको बिषय विवादमा परेपछि छलफलका लागि बैठक बोलाइएको जनाइएको छ ।
काठमाडौं, कात्तिक ४ : प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीले सचिवालय बैठक बोलाएका छन् । एमाले सचिवालय बैठक केही बेरमा बस्ने तयारी छ ।
भाटभटेनीका मालिक मीनबहादुर गुरुङबाट दान बापत प्राप्त जग्गाको बिषय विवादमा परेपछि छलफलका लागि बैठक बोलाइएको जनाइएको छ । गुरुङ भ्याट छली र ललिता निवासको सरकारी जग्गा घोटाला प्रकरणमा अदालतबाट दोषी प्रमाणित भएका व्यक्ति हुन् ।
विवादित व्यक्तिबाट जग्गा दान लिएर पार्टी कार्यालय बनाउने निर्णयपछि प्रधानमन्त्री ओली विवादमा तानिएका छन् । गुरुङले १० रोपनी १४ आना जग्गा नै दिएका थिए ।
आइतबार अपरान्ह बस्ने बैठक पार्टी अध्यक्ष ओलीको चाहना अनुसार नै बस्न लागेको जनाइएको छ ।
प्रकाशित मिति: १४:०३ बजे, आइतबार, कात्तिक ४, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












