लामिछानेलाई अदालतमा उपस्थित गराइयो
सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेड पोखराको सहकारी ठगी तथा सङ्गठित अपराधसम्बन्धी मुद्दा सम्बन्धमा अनुसन्धानका लागि थुना म्यादको मागसहित लामिछानेलाई अदालतमा उपस्थित गराइएको हो ।
पोखरा, कात्तिक ४ : सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वगृमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछानेलाई अदालतमा उपस्थित गराइएको छ ।
सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेड पोखराको सहकारी ठगी तथा सङ्गठित अपराधसम्बन्धी मुद्दा सम्बन्धमा अनुसन्धानका लागि थुना म्यादको मागसहित लामिछानेलाई अदालतमा उपस्थित गराइएको हो ।
लामिछानेलाई शुक्रबार पक्राउ गरी पोखरा लगिएको थियो । लामिछानेको स्वास्थ्य परीक्षण गरी शनिबारदेखि जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा छन् ।
अहिले अदालत बाहिर लामिछानेका समर्थक र सहकारी पीडित दुवै पक्षको भिड लागेको छ । काश्की जिल्ला प्रशासनले निषेधाज्ञा जारी गरे पनि रास्वपाका कार्यकर्ताले निषेधाज्ञा तोडेर प्रदर्शन गरेपछि प्रहरीसँग धकेलाधकेलको स्थिति उत्पन्न भएको थियो ।
प्रकाशित मिति: १३:५७ बजे, आइतबार, कात्तिक ४, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार