नेपालले अमेरिकालाई दियो १७१ रनको लक्ष्य, भुर्तेलको सानदार ब्याटिङ
टेक्सासस्थित ग्रान्ड प्रेरि रंगशालामा आइतबार पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १७० रन बनाएको बनायो । नेपालका कुशल भूर्तेलले सानदार ब्याटिङ गर्दै अविजित ९२ रन बनाए । त्यस्तै, करण केसी ६ रनमा अविजित रहे ।काठमाडौं, कात्तिक ४ : सयुंक्त राज्य अमेरिकामा जारी तीन खेलको टी–२० आई श्रृंखलाको दोस्रो खेलमा नेपालले अमेरिकालाई जितका लागि १७१ रनको लक्ष्य दिएको छ ।
टेक्सासस्थित ग्रान्ड प्रेरि रंगशालामा आइतबार पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १७० रन बनाएको बनायो । नेपालका कुशल भूर्तेलले सानदार ब्याटिङ गर्दै अविजित ९२ रन बनाए । त्यस्तै, करण केसी ६ रनमा अविजित रहे ।
यस्तैगरी, अनिल साहले २५, गुल्शन झाले १९, कप्तान रोहित कुमार पौडेलले १८, दीपेन्द्र सिंहले २ र आसिफ शेखले १ रनको योगदान दिए । अमेरिकाका लागि भने नोशथुश केन्जिन्गे र जसदीप सिंहले २ तथा सौरभ नेत्रभाल्करले १–१ विकेट लिए ।
अमेरिकाले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ ।
प्रकाशित मिति: ०७:४८ बजे, आइतबार, कात्तिक ४, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
‘चुनावको समयमा रिपोर्टिङ उत्साहजनक भए पनि परिणाम चिन्ताजनक छ’शनिबार, मंसिर २९, २०८१
निशमले हाने बलमै १८ अर्धशतक, बनाए कीर्तिमानशनिबार, मंसिर २९, २०८१
तस्बिरमा हेर्नुस महानगर दिवसशनिबार, मंसिर २९, २०८१
‘संविधान कार्यान्वयनमा सरकार प्रतिबद्ध छ’शनिबार, मंसिर २९, २०८१