एमालेको सचिवालय बैठक बस्दै
साँझ ५ बजेका लागि बोलाइएको बैठक पार्टी कार्यालय च्यासलमा बस्ने एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले जनाएको छ ।
काठमाडौं, कात्तिक ४ : नेकपा (एमाले) को सचिवालय बैठक आज बस्दै छ । साँझ ५ बजेका लागि बोलाइएको बैठक पार्टी कार्यालय च्यासलमा बस्ने एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले जनाएको छ ।
बैठकमा समसामयिक छलफल हुने बुझिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई सहकारी प्रकरणमा पक्राउ परेको विषयलाई लिएर तर्क वितर्क भइरहेका छन् । बैठकमा यस विषयमा छलफल हुन सक्ने नेताहरू बताउँछन् ।
प्रकाशित मिति: ०७:४२ बजे, आइतबार, कात्तिक ४, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












