Kathmandu Press

सातदोबाटोमा रोकेर राखेको बसमा आगलागी

सातदोबाटोबाट ग्वार्कोतर्फ जाँदै गरेको बस ‘बस पाकेट’मा रोकेर राखिएको अवस्थामा अचानक तार ‘सट’ भई आगलागी भएको उनले जानकारी दिए।
सातदोबाटोमा रोकेर राखेको बसमा आगलागी

ललितपुर, कात्तिक ३ : ललितपुरको सातदोबाटोमा रोकेर राखिएको सार्वजनिक बसमा आगलागी भएको छ।

ललितपुर महानगरपालिका–१५ सातदोबाटो चोक नजिक रोकेर राखेको अवस्थामा आज अपराह्न चक्रपथमा चल्ने महानगर यातायातको  बा४ख १०६ नम्बरको बसमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय ललितपुरका सूचना अधिकारी तथा प्रहरी उपरीक्षक रवरत्न पौडेलले दिए।

सातदोबाटोबाट ग्वार्कोतर्फ जाँदै गरेको बस ‘बस पाकेट’मा रोकेर राखिएको अवस्थामा अचानक तार ‘सट’ भई आगलागी  भएको उनले जानकारी दिए।

बसमा आगलागी  भएको खबर प्राप्त हुनासाथ प्रहरी टोली र ललितपुर महानगरपालिकाका दुई वटा दमकल प्रयोग गरेर आगो निभाइएको थियो। आगलागीबाट बस पूर्ण रूपमा क्षति भएको छ।

प्रकाशित मिति: १८:२९ बजे, शनिबार, कात्तिक ३, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्