सलमानको भिडियो सन्देश, ‘लकडाउन उल्लंघन गरेर ज्यानसँग नखेल्नुस्’
काठमाडौं, वैशाख ४ : बलिउड अभिनेता सलमान खानले लकडाउन उल्लंघन गरेर ज्यानसँग नखेल्न आग्रह गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत भिडियो सन्देश जारी गर्दै ....

काठमाडौं, वैशाख ४ : बलिउड अभिनेता सलमान खानले लकडाउन उल्लंघन गरेर ज्यानसँग नखेल्न आग्रह गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत भिडियो सन्देश जारी गर्दै स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई सम्मान गर्न पनि आग्रह गरेका छन्।
दुई दिनको छुट्टि मनाउन पनवल फार्महाउस गएका सलमान लकडाउनका कारण त्यहि अड्किएका छन्। तीन सातादेखि फार्महाउसमै बसिरहेका उनले अरुलाई पनि घरबाट बाहिर ननिस्कन आग्रह गरेका छन्।
उनी सामाजिक सञ्जालमार्फत कोरोना भाइरसविरुद्ध सचेतना फैलाइरहेका छन्। पछिल्लो समय उनले लकडाउन पालना गर्न र घरमै बस्न आग्रह गरेका हुन्।
बिहीबार इन्स्टाग्राममा भिडियो पोस्ट गर्दै उनले मास्क लगाउन पनि अनुरोध गरेका छन्। ‘यदि तपाईले केहि बुझ्नुभएको छैन भने बताउँँदै छु कि मास्क लगाउनु र मानिसहरुदेखि टाढा बस्नु आवश्यक छ। तपाईहरु किन आफ्नो कारण परिवार र देशबासिको ज्यान खतरामा धकेलिरहनु भएको छ,’ लकडाउन उल्लंघन गर्नेलाई सलमानले भनेका छन्।
उनले थपेका छन्, ‘भगवानलाई सम्झन चाहानुहुन्छ भने घरबाटै सम्झन सक्नुहुन्छ। आफू भन्दा दोस्रो व्यक्तिलाई नभेट्नुस्। डाक्टर र सुरक्षाकर्मीको इज्जत गर्नुस्। उनीहरु पनि तपाईहामी सबैलाई बचाउन लागि परेका छन्।’












