Kathmandu Press

रवि पक्राउको विरोधमा पोखरामा रास्वपा कार्यकर्ताको प्रदर्शन

रास्वपा नेता, कार्यकर्ताले मानव अधिकार चोक चिप्लेढुंगामा शनिबार बिहान साढे ११ बजेपछि प्रदर्शन सुरु गरेका हुन्।
रवि पक्राउको विरोधमा पोखरामा रास्वपा कार्यकर्ताको प्रदर्शन

कास्की, कात्तिक ३ : सहकारी ठगी र संगठित अपराधमा अनुसन्धानका लागि पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई पक्राउ गरिएको विरोधमा पोखरामा रास्वपाका कार्यकर्ताले प्रदर्शन सुरु गरेका छन्।

रास्वपा नेता, कार्यकर्ताले मानव अधिकार चोक चिप्लेढुंगामा शनिबार बिहान साढे ११ बजेपछि प्रदर्शन सुरु गरेका हुन्।

प्लेकार्ड, व्यानर लिएर सडकमा उत्रिएका उनीहरुले सरकारविरुद्ध चर्को नाराबाजी गरिरहेका छन्। प्रदर्शनमा जिल्ला तहका नेताले भाषण गरिरहेका छन्।

सहकारी ठगी र संगठित अपराधको अभियोगमा लामिछानेलाई शुक्रबार काठमाडौंस्थित पार्टी केन्द्रीय कार्यालयबाटै प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले पक्राउ गरेको थियो।

लगत्तै लामिछानेलाई स्थलमार्गबाट कास्की ल्याएर जिल्ला प्रहरी कार्यालय कास्कीलाई जिम्मा लगाइएको हो। उनलाई आइतबार अदालत पेश गरिनेछ।

प्रकाशित मिति: १४:५३ बजे, शनिबार, कात्तिक ३, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्