कावासोतीमा जीप दुर्घटना, दुई जनाको मृत्यु, २८ जना घाइते
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी जेसी शाहका अनुसार कावासोती–१ बालुवाडाँडास्थित भित्री सडकखण्डमा बुलिङटारबाट कावासोतीतर्फ आइरहेको जीप दुर्घटना हुँदा २८ जना घाइते भएका छन्।नवलपरासी, कात्तिक ३ : नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरको कावासोतीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी जेसी शाहका अनुसार कावासोती–१ बालुवाडाँडास्थित भित्री सडकखण्डमा बुलिङटारबाट कावासोतीतर्फ आइरहेको जीप दुर्घटना हुँदा २८ जना घाइते भएका छन्।
अनकन्टार पहाडमा दुर्घटना भएको तथा भर्खरै उद्धार सकिएको छ। घाइतेलाई नवलपुर अस्पताल र मध्यविन्दु जिल्ला अस्पताल पु¥याइएको छ।
क्षमताभन्दा बढी यात्री बोकेकाले दुर्घटना भएको प्रहरीको अनुमान छ। मृतक तथा घाइतेको विवरण प्राप्त भएको छैन ।
प्रकाशित मिति: १४:३७ बजे, शनिबार, कात्तिक ३, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बीआरआईमा ऋण होइन, अनुदान लिने हो : देउवासोमबार, मंसिर १०, २०८१
मन्त्री सिंहले गरे नेपाल–कोरियामैत्री अस्पतालको भवन शिलान्याससोमबार, मंसिर १०, २०८१
चीन भ्रमणबारे प्रधानमन्त्री ओलीले गरे पूर्वप्रधानमन्त्रीहरूसँग छलफलसोमबार, मंसिर १०, २०८१
‘एनपिएलले नेपालको पर्यटन प्रवर्द्धन र युवा प्रतिभालाई उजागर गर्नेछ’सोमबार, मंसिर १०, २०८१