Kathmandu Press

हिरा र दीपाले साफ च्याम्पियनसिपका बाँकी खेल गुमाउन सक्ने

च्याम्पियनसिपको पहिलो खेलमा भुटानविरुद्ध घाइते भएपछि दुवै खेलाडी पुरै प्रतियोगिता गुमाउने सम्भाना बढेको हो।
हिरा र दीपाले साफ च्याम्पियनसिपका बाँकी खेल गुमाउन सक्ने

काठामडाैं, कात्तिक ३ :  डिफेन्डर हिराकुमारी भुजेल र स्ट्राइकर दीपा शाहीले घरेलु मैदानमा जारी महिला साफ च्याम्पियनसिपका बाँकी खेल गुमाउने सम्भावना बढेको छ।

च्याम्पियनसिपको पहिलो खेलमा भुटानविरुद्ध घाइते भएपछि दुवै खेलाडी पुरै प्रतियोगिता गुमाउने सम्भाना बढेको हो। खेलका क्रममा चोटग्रस्त बनेपछि दुवै खेलाडीलाई स्ट्रेचरमा राखेर मैदानबाहिर लगिएको थियो।

डिफेण्डर हिरा पहिलो हाफको मैदानमा बाहिर आएकी थिइन्। उनलाई तत्कालै एम्बुलेन्समा राखेर हस्पिटल लगिएको थियो।

दोस्रो हाफको सुरुआतमै मैदान प्रवेश गरेकी दीप पनि केही समयमै घाइते भएकी थिइन्। दुवै खेलाडीको घुँडामा एसिएलमा समस्या देखिएको मुख्य प्रशिक्षक राजेनन्द्र तामाङले बताए। पोस्ट म्याच कन्फ्रेन्समा उनले दुवैले बाँकी खेल गुमाउने सम्भावना रहेको बताए।

 

प्रकाशित मिति: १०:५६ बजे, शनिबार, कात्तिक ३, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्