Kathmandu Press

सहकारी ठगीमा पक्राउ परेका रवि कास्की हिरासतमा

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले शुक्रबार साँझ काठमाडौंमा पक्राउ गरी रविलाई राती नै स्थलमार्गबाट पोखरा लगेको हो। उनको पक्राउको विरोधमा ठाउँठाउमा समर्थकले प्रदर्शन गरेका थिए।
सहकारी ठगीमा पक्राउ परेका रवि कास्की हिरासतमा

काठमाडौं, कात्तिक ३ : सहकारी ठगी र संगठित अपराधमा अनुसन्धानका लागि पक्राउ गरिएका पूर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिलाई  जिल्ला प्रहरी कार्यालय कास्कीलाई जिम्मा लगाइएको छ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले शुक्रबार साँझ काठमाडौंमा पक्राउ गरी रविलाई राती नै स्थलमार्गबाट पोखरा लगेको हो। उनको पक्राउको विरोधमा ठाउँठाउमा समर्थकले प्रदर्शन गरेका थिए।

रविलाई सिधै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगेर स्वास्थ्य परीक्षण गरी जिल्ला प्रहरी कार्यालय कास्की पुर्‍याइएको थियो। उनी अहिले हिरासतमा छन् । राती करिब २ः४५ बजेतिर कार्यालय प्रवेश गराइएको थियो।

कास्की प्रहरीले जिम्मा लिएपछि हिरासतमा पुगेर वाग्ले, अर्याल र पौडेलले लामिछानेलाई भेटेका थिए।

गोर्खा मिडिया नेटवर्कको तत्कालीन प्रबन्ध निर्देशक हुँदा रविले सहकारीको बचत उक्त मिडियामा लगेर अपचलन गरेको आरोप छ ।

प्रकाशित मिति: ०७:२० बजे, शनिबार, कात्तिक ३, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्