Kathmandu Press

गिरफ्तारी दिनुअघि घन्टी बजाउँदै रविले भने- राज्यको दादागिरीलाई डटेर सामना गरौं

'तँलाई चुनावै लड्न नसक्नेगरी र पार्टी नफुटाइ छोड्दिन भन्ने प्रतिसोधका साथ मान्छेहरू लागेका छन्'
गिरफ्तारी दिनुअघि घन्टी बजाउँदै रविले भने- राज्यको दादागिरीलाई डटेर सामना गरौं

काठमाडौं, कात्तिक २ । रवि लामिछानेले आफूलाई पक्राउ गरेर राज्यले दादागिरी गरेको बताएका छन्। 

उनलाई पक्राउ सिआइबीको टोली पार्टी कार्यालय चःमति पुगेपछि रवि लामिछानेले त्यहाँ उपस्थित नेता कार्यकर्ताहरूलाई सम्बोधन गरेका थिए। 

सम्बोधनको क्रममा रविले घन्टी बजाउँदै राज्यको दादागिरीको डटेर सामना गर्न अपिल गरे। अपिलपछि रविले त्यहाँ पुगेका सिआइबीको टोलीलाई गिरफ्तारी दिएका थिए। 

Hardik ivf

यस्तो छ रविले गिरफ्तारी दिनुअघि सम्बोधनका क्रममा भनेका कुराः 

म यति कुरा भन्न चाहन्छु।  यदी उनीहरुले जस्तै सम्झौता गरेको भए। शायद सरकार लम्बिन्थ्यो होला। हामीले यो अप्ठ्यारो महशुस गर्नुपर्ने थिएन। तर हामीले कुनैपनि सम्झौता गरेनौं।

म सरकारको बाध्यता बुझ्छु। मलाई थाहा छ। जुन दिन सरकार ढाल्ने निर्णय भएको थियो। त्यसैदिन रविलाई जुनसुकै हालतमा हामी जेल कोच्छौं चिन्ता नगर्नुस् भन्ने सम्झौता भएको जानकारी मलाई छ।

मलाई कुनै चिन्ता छैन । व्यक्तिका रूपमा मैले पाउनुपर्ने सबैकुरा पाइसकेको छु। देशले एउटा आशा र भरोसा गर्दै गरेको थियो। त्यो आशा र भरोसामाथि जुन प्रहार भएको छ। त्यो प्रहारलाई हामी सामना गर्नेछौं।

म कुनैपनि किसिमको न्यायिक जाँच दिनका लागि अदालती प्रक्रियालाई सम्मान गर्न चाहन्छु। तर यो राजनीतिक पूर्वाग्रहविरूद्ध खुलेर लड्नका लागि अपिल गर्छु।

म सम्मानित अदालतप्रति आशा राख्दछु, विश्वास राख्दछु। भन्नलाई त यहाँ अदालतलाई पनि मिलाउँला तँलाई कहाँ छोडौंला र तँलाई चुनावै लड्न नसक्नेगरी र तेरो पार्टी नफुटाइ छोड्दिन भन्ने प्रतिसोधका साथ मान्छेहरू लागेका छन् मलाई थाहा छ। तर ती सबैको सामना गर्ने साहस बोकेर हामी उभिएका छौं।

म व्यक्तिका रूपमा मलाई साथ दिनुस् भनेर अपिल गर्न चाहन्नँ । तर अभियानका रूपमा नेपाली जनताले देखेको यो सपनालाई पूरा गर्न साथ दिन अपिल गर्न चाहन्छु।

मैले कुनैपनि किसिमको अपराध गरेको छैन। यो अपराध नगर्दा पनि र प्रतिवेदनले भन्दा पनि राज्यले सम्पूर्ण स्रोत लगाएर आफ्नो सम्पूर्ण शक्ति लगाएर जुन कार्य गरेको छ। यसलाई नेपाली जनताले हेरेका छन्। तरपनि म न्यायिक प्रक्रियामा सघाउने एउटा सचेत नागरिक भएकाले म त्यसमा प्रतिबद्ध भएको जानकारी गराउँछु।

यहाँहरू सबैलाई राज्यले गरेको यो दादागिरिलाई डटेर सामना गर्न साहस मिलोस् भन्ने अपेक्षा गर्छु।  

प्रकाशित मिति: १९:४७ बजे, शुक्रबार, कात्तिक २, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्