Kathmandu Press

रवि लामिछानेले दिउँसै थाहा पाएका थिए आफू पक्राउ पर्दैछु भन्ने कुरा

पक्राउ परेपछि रविले भने- कांग्रेसलाई खुसी बनाउन पक्राउ गरियो
रवि लामिछानेले दिउँसै थाहा पाएका थिए आफू पक्राउ पर्दैछु भन्ने कुरा

काठमाडौं, कात्तिक २ । रवि लामिछाने पक्राउ परेका छन्।

शुक्रबार बेलुका सिआइबीको टोलीले उनलाई काठमाडौंको चःमतिस्थित पार्टी कार्यालयबाटै पक्राउ गरेको हो।

पक्राउबारे रास्वपाले रवि लामिछानेको भिडिओ प्रतिक्रिया सार्वजनिक गरेको छ। जुन भिडियो उनले पक्राउ पर्नुअघि नै बनाएका थिए।

Hardik ivf

भिडियोमा उनले आफूविरूद्ध पक्राउ पुर्जी जारी भएको र अहिले प्रहरीको नियन्त्रणमा रहेको बताएका छन्।

‘यो कुराको जानकारी भएर नै मैले यो भिडियो अलिकति अगाडि नै बनाएको छु। किनकी सरकार कुन हदसम्म जानसक्छ भन्ने जानकारी हामीलाई प्राप्त भएको थियो,’ उनले भनेका छन्।

उनले इस्युलाई डाइभर्ट गर्न पनि सरकारले आफूलाई पक्राउ गरेको बताएका छन्।

‘प्रमाणीत भ्रष्टाचारीबाट करोडौंको जग्गा दानमा लिएर बदनामी कमाएपछि विषयलाई डाइभर्ट गर्न केही न केही गर्नैपर्ने थियो।  त्यो बाध्यता बुझ्दछु। सरकार जोगाउने बाध्यता थियो,’ भिडिओमा उनले भनेका छन्।

कांग्रेसलाई खुसी पार्नकै लागि आफूलाई पक्राउ गरिएको पनि लामिछानेले बताएका छन्।

‘कांग्रेसका पनि अझै प्रमाण छ भन्नेहरू नेतालाई खुसी नपारी तपाईंको सरकार चल्न पनि सक्दैन तर कसैको राजनीति जोगाइदिन कसैको सरकार जोगाइदिन कसैले अन्याय भोग्नुपर्ने परिस्थिति सिर्जना नहोस्,’ उनले भनेका छन्।

प्रकाशित मिति: २०:०० बजे, शुक्रबार, कात्तिक २, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्