Kathmandu Press

सहकारी ठगी प्रकरणमा पक्राउ परे रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउ परेका छन्।
सहकारी ठगी प्रकरणमा पक्राउ परे रवि लामिछाने

काठमाडौं, कात्तिक २ ।  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउ परेका छन्।

काठमाडौंको चःमतिस्थित पार्टी कार्यालयबाट उनी पक्राउ परेका हुन्। 

उनलाई सहकारीको बचत अपचलन मुद्दामा पक्राउ गरिएको हो।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) का एसपी होबिन्द्र बोगटी नेतृत्वको टोलीले लामिछानेलाई पक्राउ गरेको हो। 

उनीविरूद्ध कास्की जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेपछि सिआइबीको टोली साँझ रास्वपा कार्यालय पुगेको थियो।  

उनी नेतृत्वको टोलीले स्थलमार्गबाट पोखरा लैजाने तयारी छ। रवि लामिछानेले प्रहरीलाई अनुरोध गरेपछि गाडीबाटै लैजान लागेको हो।

प्रकाशित मिति: १९:०० बजे, शुक्रबार, कात्तिक २, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्