Kathmandu Press

सिआइबीको टोलीलाई रवि लामिछानेको अनुरोध- गाडीबाटै पोखरा लैजानुस्

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूलाई गाडीबाटै पोखरा लैजान प्रहरीसँग अनुरोध गरेका छन् ।
सिआइबीको टोलीलाई रवि लामिछानेको अनुरोध- गाडीबाटै पोखरा लैजानुस्

काठमाडौं, कात्तिक २ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूलाई गाडीबाटै पोखरा लैजान प्रहरीसँग अनुरोध गरेका छन् ।

जिल्ला अदालत कास्कीबाट पक्राउ पुर्जी जारी भएसँगै रास्वपा पार्टी कार्यालय पुगेको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीलाई लामिछानेले यस्तो आग्रह गरेका हुन् । 

सिआइबीको टोली एसपी होबिन्द्र बोगटीको कमाण्डमा अहिले काठमाडौंको चःमतिस्थित रास्वपा पार्टी कार्यालय पुगेको छ । 

सभापति लामिछानेले आफूलाई गाडीमै राखेर पोखरा पुर्‍याउन अनुरोध गरका हुन्।

लामिछानेको आग्रहपछि गाडीमै राखेर पोखरा लैजाने तयारी भएको छ।

यसैबीच, रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले केहीबेरमा सभापति लामिछानेले पार्टी कार्यालयमा बोल्ने कार्यक्रम रहेको जानकारी सञ्चारमाध्यमलाई गराएका छन् । 

 

प्रकाशित मिति: १८:५५ बजे, शुक्रबार, कात्तिक २, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्