रविलाई पक्राउ गर्न सिआइबीको टोली रास्वपा कार्यालयमा
ठूलो संख्यामा प्रहरी परिचालनकाठमाडौं, कात्तिक २ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पक्राउ गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोली रास्वपाको पार्टी कार्यालय पुगेको छ।
शुक्रबार लामिछानेविरूद्ध पक्राउ पुर्जी जारी भएपछि साँझ उनलाई पक्राउ गर्न सिआइबीको टोली चःमतिस्थि रास्वपा कार्यालय पुगेको हो।
सिआइबीको टोलीसँगै रास्वपा कार्यालय परिसरमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ।
उनलाई पक्राउ गरी आजै कास्की लैजाने तयारी छ।
लामिछाने पक्राउ पर्ने भएपछि रास्वपा कार्यालयमा नेता तथा कार्यकर्ताहरूको भिड लागेको छ।
रास्वपाका नेताहरूले कार्यकर्ताहरूलाई शान्तपूर्वक बस्न आग्रहसमेत गरेको छ।
प्रकाशित मिति: १८:३६ बजे, शुक्रबार, कात्तिक २, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
वायुुसेवा निगमका पाइलटको हड्तालले अन्तर्राष्ट्रिय उडान प्रभावितसोमबार, मंसिर १०, २०८१
चीन भ्रमणमा कुनै ऋण सम्झौता हुँदैन : प्रधानमन्त्री ओलीसोमबार, मंसिर १०, २०८१
बालेनले हुलाक र इमेलबाट पठाए एमालेलाई जरिबानाको पत्र सोमबार, मंसिर १०, २०८१
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठकसोमबार, मंसिर १०, २०८१