Kathmandu Press

पक्राउ पुर्जी जारी भएपछि रास्वपा कार्यालयमा कार्यकर्ताको भिड

शुक्रबार साँझ जिल्ला अदालत कास्कीले लामिछानेविरूद्ध पक्राउ पुर्जी जारी गरेको थियो।
पक्राउ पुर्जी जारी भएपछि रास्वपा कार्यालयमा कार्यकर्ताको भिड

काठमाडौं, कात्तिक २ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विरूद्ध पक्राउ पुर्जी जारी भएपछि काठमाडौंको चःमतिस्थित पार्टी कार्यालयमा कार्यकर्ताको भिड लागेको छ।

शुक्रबार साँझ जिल्ला अदालत कास्कीले लामिछानेविरूद्ध पक्राउ पुर्जी जारी गरेको थियो।

आफूविरूद्ध पक्राउ पुर्जी जारी हुने विषयमा लामिछानेले दिउँसै सुइँको पाइसकेका थिए।

शुक्रबार दिउँसो बसेको विपक्षी दलका नेताहरूको बैठकमा पनि उनले आफूलाई पक्राउ हुनबाट रोक्नका लागि सहयोगको अपेक्षा गरेको विषय विभिन्न सञ्चारमाध्यमहरूले उल्लेख गरेका थिए।

बैठक लगत्तै उनी पार्टीका उपसभापति डिपी अर्यालको गाडी चढेर पार्टी कार्यालय पुगेका थिए।

त्यसपछि उपत्यकामा उपलब्ध सबै नेता कार्यकर्ताहरूलाई रास्वपाले पार्टी कार्यालयमा उपस्थित हुन भनेको थियो।

सो अनुसार दिउँसैदेखि रास्वपाको केन्द्रीय कार्यालयमा कार्यकर्ताहरूको भिड लागेको थियो।

प्रकाशित मिति: १८:२१ बजे, शुक्रबार, कात्तिक २, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्