Kathmandu Press

रवि लामिछानेविरूद्ध पक्राउ पुर्जी जारी

लामिछानेलाई आजै पक्राउ गरी कास्की लैजाने तयारी
रवि लामिछानेविरूद्ध पक्राउ पुर्जी जारी

काठमाडौं, कात्तिक २। राष्ट्रिय स्वत्नत्र पार्टीका सभापति रवि लामिछानेविरूद्ध पक्राउ पुर्जी जारी भएको छ। 

शुक्रबार जिल्ला अदालत कास्कीले लामिछानेविरूद्ध पक्राउ पुर्जी जारी गरेको हो। 

उनलाई आजै पक्राउ गर्ने तयारी छ। 

लामिछाने पक्राउ पर्ने चर्चा शुक्रबार मध्याह्नदेखि नै चलेको थियो।

शुक्रबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बोलाएको विपक्षी दलहरूको बैठकमा पनि त्यसबारेमा चर्चा चलेको थियो। 

प्रचण्डले रवि लामिछाने पक्राउ पर्नसक्ने ब्रिफिङ गरेका थिए। त्यसपछि लामिछानेले आफूलाई पक्राउ  पर्नबाट रोक्नका लागि विपक्षी दलहरूको साथ खोजेका थिए।

सहकारी बचत अपचलन सम्बन्धी विशेष संसदीय समितिले सहकारीको रकम अपचलनमा रवि लामिछानेलाई कारबाही गर्न सिफारिस गरेको थियो। 

यसअघि दसैँ अगाडि पनि लामिछानेलाई पक्राउ गर्ने प्रयत्न भएको थियो। 

प्रकाशित मिति: १८:०१ बजे, शुक्रबार, कात्तिक २, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्