Kathmandu Press

रवि पक्राउ पर्ने चर्चासँगै संसद भवनमा बाक्लो संख्यामा प्रहरी तैनाथ

संसद् भवन बानेश्वरमा शुरु भएको प्रतिपक्षी दलहरूको बैठकमा रास्वपा सभापति लामिछाने पनि सहभागी छन्।
रवि पक्राउ पर्ने चर्चासँगै संसद भवनमा बाक्लो संख्यामा प्रहरी तैनाथ
फाइल तस्बिर।

काठमाडौं, कात्तिक २ : रास्वपाका सभापति रवि लामिछाने पक्राउ पर्ने चर्चा चलेपछि बानेश्वरस्थित संसद् भवनमा बाक्लो संख्यामा प्रहरी तैनाथ गरिएको छ।

संसद् भवन बाहिर सुरक्षाका लागि प्रहरी संख्या बढाइएको हो। संसद् भवन बानेश्वरमा शुरु भएको प्रतिपक्षी दलहरूको बैठकमा रास्वपा सभापति लामिछाने पनि सहभागी छन्।

लामिछानेमाथि संसदीय छानबिन समितिको प्रतिवेदनले गोरखा मिडिया नेटवर्कमा रहेका बेला सहकारीको रकम दुरुपयोग गरेको भन्दै कारबाही सिफारिस गरेको छ।

लामिछानेले गोरखा मिडिया नेटवर्कमा सहकारीबाट गैरकानुनी रुपमा ६५ करोडभन्दा बढी ल्याएर अपचलन गरिएको छानविन समितिको ठहर छ।

प्रकाशित मिति: १५:४३ बजे, शुक्रबार, कात्तिक २, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्